भारत स्वतन्त्रता दिवस: कश्मीरको 'पुरानो गौरव फेरि स्थापित गर्ने' भारतीय प्नधानमन्त्री नरेन्द्र मोदीको घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-प्रशासित कश्मीरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट सो क्षेत्र पुन: आफ्नो पुरानो गौरवमा फर्किने दाबी गरेका छन्।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा भाषण गर्दै उनले भने, "हामी कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।"

कश्मीरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा ३७० ले केवल भ्रष्टाचारलाई प्रश्रय दिएको उनको तर्क थियो।

नयाँ दिल्लीको निर्णयपछि गत हप्तादेखि कश्मीर बन्दको अवस्थामा छ र त्यहाँ फोन र इन्टरनेट पनि अवरुद्ध छन्। तर मोदीले सो स्थितिबारे कुनै टिप्पणी गरेनन्।

दिल्लीस्थित लालकिलामा आयोजित समारोहमा बिहीवार बिहान उनी डेढ घण्टा बोलेका थिए।

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएको भारतको यो ७३औँ स्वतन्त्रता दिवस हो।

प्रतिक्रिया दिएनन्

भारतबाट विभाजन भएको पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस एक दिनअघि अगस्ट १४ मा मनाउने गरेको छ।

प्रकाशित मिति: : 2019-08-15 12:08:57

प्रतिकृया दिनुहोस्