नेपाल रेडक्रसमा विवाद थप चुलिँदै, प्रशासनलाई थापा नेतृत्वको चुनौती

तस्बिरः नेपाललाइभ

काठमाडौं- परोपकारी संस्था नेपाल रेडक्रस भित्रको विवाद थप गहिँरिदै गएको छ। संस्थाभित्रको अनियममिता घटना छानबिनकै क्रममा साधारणसभा डाकेपछि विवाद थप बल्झिँदै गएको छ। 

पद्धतिभन्दा बाहिर गई वर्तमान कार्यसमिति अघि बढेको भन्दै अख्तियारमा उजुरी परेको छ। परराष्ट्र र गृह मन्त्रालयसहित जिल्ला प्रशासन कार्यालयमा पनि वर्तमान कार्यसमिति विरुद्धमा उजुरी परेका छन्। ती निकायले संस्थाको विरुद्धमा परेको भ्रष्टचार र अनियमिततालाई छानबिन गर्दागर्दै साधारणसभा डाकिएको थियो।

प्रशासनलाई अटेरी
सञ्जीव थापाको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिले बैशाख २३ देखि २५ सम्म साधारणसभा बोलाएको थियो। जिल्ला प्रशासनमा थापाको कार्यसमितिले गरेका अनियमितता विरुद्धमा उजुरी परेकाले उक्त साधारण सभा स्थगित गर्न प्रशासनले पत्र लेखेको थियो। केन्द्रीय गोदाम निर्माणको जग्गा खरिद, केन्द्रीय रक्तसञ्चारको नयाँ भवन निर्माण र विभिन्न जिल्लामा खानेपानीको आयोजनामा व्यापक भ्रष्टचार र अनियमितता गरेको भनि प्रशासनमा उजुरी परेको छ।

बैशाख २२ गते पत्र लेखी प्रशासनले कार्यसमितिका पदाधिकारी विरुद्धमा परेको उजुरीको छानबिन भइरहेको अवस्थामा साधारणसभा स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष हुन नसक्ने भनी साधारण सभा स्थगित गरेको थियो। 

सुनसरीको धरानमा गर्न लागेको साधारण सभालाई अर्को आदेश नभएसम्मका लागि स्थगित गरिएको थियो। थापा नेतृत्वको कार्यसमितिले प्रशासनको आदेशलाई लत्याइदियो। धरानमा हुन नसकेको साधारण सभाका लागि मंगलबारदेखि हुने गरी काभ्रेमा स्थान तय गरिएको थियो। जिल्ला कार्यसमितिलाई साउन ४ मा दोश्रोपटक साधारण सभाका लागि पत्र काटिएको थियो। 

मंगलबार हुने गरी बोलाइएको साधारण सभा स्थगित गर्न आइतबार (साउन २६)मा प्रशासनले पत्र काटेको थियो। अर्को आदेश नभएसम्म साधारण सभा नबोलाउन पत्राचार गरेको प्रशासनलाई थापाले चुनौती दिर्दै दोश्रोपटकलाई सभा बोलाएका थिए। 

वर्तमान कार्यसमितिको वैधानिकताका विषयमा सर्वोच्च अदालमा मुद्दा विचाराधीन छ। भ्रष्टचार तथा अनियमितताको अनुसन्धान तथा सर्वोच्चमा मुद्दा विचार रहेको समयमा साधारण सभा बोलाई प्रशासनलाई अटेरी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको ठहर छ। साधारण सभा बोलाएको नेपाल रेडक्रसले संस्था दर्ता ऐनलाई उल्लंघन गरेको प्रशासनको निचोड छ। रेडक्रसलाई प्रशासनले लेखेको पत्रमा ‘साधारण सभा बोलाई निर्देशन पालना नगरेकोले संस्था दर्ता ऐन २०३४ को दफा १२ को उपदफा ४ बमोजिम कारबाहि किन नगर्ने?’ प्रश्न गरिएको छ। २४ घन्टाभित्र स्पष्टिकरण बुझाउन प्रशासनले निर्देशन दिएको थियो। मंगलबार पत्रकार सम्मेलन गरि सोसाइटीले  निर्देशनात्मक पत्रबमोजिम  साधारण सभा स्थगित गरी त्यसको जवाफ पठाएको जानकारी गराइएको थियो। 

प्रकाशित मिति: : 2019-08-15 08:01:12

प्रतिकृया दिनुहोस्