मैदान बनेपछि डेरा गरेर क्रिकेट सिक्दै

लमहीमा क्रिकेट अभ्यास

दाङ-राहुल सिंहको घर भारत उत्तर प्रदेश हो। तर, उनी तिन बर्ष देखि लमहीमा क्रिकेट अभ्यासको लागि यहाँ बस्दै आएका छन्। लमहीमा क्रिकेट खेलको पूर्वाधार थपिदै जाँदा स्वदेशी खेलाडी मात्रै होइन, विदेशी खेलाडी अभ्यासको लागि डेरा लिएर बस्न थालेका छन्।`यहाँ राम्रो मैदान छ। त्यहीँ भएर सिक्न आएको हुँ´उनले भने-`डेरा लिएर क्रिकेट सिक्दै छु। म सहित चार/पाँच जना साथीहरु छौँ।´

देउखुरी स्थानीय खेलाडीहरुका लागि मात्रै हैन, बाह्य जिल्ला हुँदै भारतबाट समेत यो खेल मैदानमा खेलाडीहरुले अभ्यास गरिरहेका छन्।सचिव रिजालका अनुसार भारतका केहि खेलाडीहरु लमहीमै बसेर यहि खेलमैदानमा अभ्यास गरिरहेका छन्।

‘यो खेल मैदान तयार भएपछि लमही क्षेत्रका खेलाडीहरुका लागि मात्रै हैन, बाहिरी जिल्ला तथा भारतीय खेलाडीहरुका लागि अभ्यास गर्ने उचित थलो बनेको छ,’रिजालले भने- ‘भारतीय केहि खेलाडीहरु पनि लमहीमै बसेर यहि खेलमैदानमा नियमित अभ्यास गरिरहनु भएको छ।’

स्थानीय स्तरमा पनि खेलाडीहरु उत्पादन हुन थालेका छन।लमहीमा अन्तर्राष्ट्रिय मापदण्ड पुगेको मैदान निर्माण भएपछी खेलाडीहरु आकर्षित भएका छन।`खेतको गरा, बाटोमा खेल खेल्दै आयौ।अहिले मैदान बनेर धेरै सजिलो भयो´क्रिकेट खेलाडी तामबहादुर बुढाले भने-`यो मैदानमा अब राष्ट्रिय स्तरका प्रतियोगिता नियमित गराउन ध्यान दिनुपर्छ।´

कुनै समय ढुंगै ढुंगाको मैदान थियो।संरक्षण थिएन।गाई चरण गर्ने थलो बनेको थियो।संरक्षणमा चासो थिएन।तर, अहिले त्यही ढुंगै ढुंगाको मैदानले रुप फेरेको छ।अहिले यो मैदानको राष्ट्रिय स्तरमा चर्चा सुरु भएको छ।

प्रकाशित मिति: : 2019-08-14 07:44:16

प्रतिकृया दिनुहोस्