डा. यादवको राजीनामा सीके राउतलाई संसद्‍मा ल्याउन !

डा. सीके राउत

काठमाडौं । समाजवादी पार्टीका एकजना सांसद डा. सूर्यनारायण यादवको राजीनामालाई डा. सीके राउतलाई संसद्‍मा ल्याउने तयारीस्वरुप गरिएको बताइएको छ । पार्टीलाई कुनै पनि जानकारी नगराई सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा. यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका छन् ।

उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको भए पनि सीके राउतलाई संसद्मा ल्याउन पहलस्वरुप राजीनामा आएको जानकारी पाएपछि संघीय समाजवादी पार्टीले राजीनामा स्वीकृत नगर्न सभामुखलाई दबाब दिएको स्रोत बताउँछ । उनले आफू बिरामी रहेकाले पदबाट राजीनामा दिएको बताएका छन् ।
राउत बिखण्डनको मुद्दा छाडेर केही समयअघि मुलधारमा आएका थिए ।

राउतलाई संसद्मा ल्याउने सहमति यसअघि नेकपाकै नेताहरुसँग भएको स्रोत बताउँछ ।  बैठकमा कम उपस्थित हुने यादवले यसअघि पनि राजीनामा दिने मनस्थिति बनाएको बताइएको छ । तर सभामुखको सचिवालय स्रोतले दिएको जानकारीअनुसार डा. यादवले राजीनामामा स्वास्थ्यबाहेक अन्य कुनै कारण देखाएका छैनन् ।
 

प्रकाशित मिति: : 2019-08-14 07:41:14

प्रतिकृया दिनुहोस्