अन्तर्राष्ट्रिय युवा दिवस : युवालाई जागिरकै पिरलो

काठमाडौं – ‘शिक्षामा रुपान्तरणः उद्यमशीलता र नवप्रवर्तन’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा सन् २००१ देखि विश्वव्यापी रुपमा शुरु भएको अन्तर्राष्ट्रिय युवा दिवस संसारभर अगष्ट १२ गतेका दिन मनाउने गरिन्छ। नेपालले पनि सन् २००४ देखिनै आफ्नो मौलिक नाराका साथ आजकै दिन देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएको हो।

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ। यो उमेर समूहलाई हेर्दा कुल जनसँख्याको ४०.३५ प्रतिशत हुन आउँछ। नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझ एकरूपता कायम हुन नसकिरहेको सन्दर्भमा युथ भिजन २०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ...

 

प्रकाशित मिति: : 2019-08-13 00:23:45

प्रतिकृया दिनुहोस्