रविन्द्रजीलाई तीन पटक जिताउने मतदाताले मेरो माग गरेका छन्ः विद्या भट्टराई (अन्तर्वार्ता)

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की–२ मा उप निर्वाचनको मिति घोषणा भइसकेको छ। निर्वाचन आयोगले संघीय संसदका लागि कास्की–२ सहित प्रदेश र स्थानीय तहका रिक्त स्थानहरुमा मंसिर १४ गतेका लागि निर्वाचन मिति तोकेको छ।

निर्वाचन मिति घोषणासँगै उम्मेदवारबारेमा चर्चा शुरु भएको छ। कास्की–२ मा नेकपाबाट को उम्मेदवार होला भन्ने चासो बढेको छ। लामो समय विद्यार्थी राजनीति गरेकी विद्या भट्टराई जो रविन्द्र पत्नी समेत हुन्,को नाम उम्मेदवार चर्चा सूचीमा पहिलो नम्बरमा छ। हाल त्रिभुवन विश्वविद्यालयकी उप प्राध्याक उनी तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिव रहिसकेकी छिन्।

उपप्राध्यपकमा नाम निकालेर प्राज्ञिक पेशातर्फ लाग्नुभन्दा अगाडि उनी सक्रिय राजनीतिमै थिइन्। त्यसपछि भने उनी अध्यापन–अनुसन्धानतर्फ लागिन्। कास्की–२ को निर्वाचनलाई लिएर उनै विद्या भट्टराईसँग गरिको छोटो वार्ताः

निर्वाचन आयोगले मंसिर १४ मा उपनिर्वाचन गराउने मिति तोकेको छ। त्यसमा कास्की–२ मा पनि चुनाव हुने भनिएको छ। त्यहाँ तपाईंको उम्मेदवारीको विषयमा चर्चा छ। यसलाई कसरी लिनु भएको छ? 

कास्कीको जनता र पार्टीको जिल्ला संगठनबाट उम्मेदवार बन्न धेरै जोडबल छ। रविन्द्रजीका निधन भएर सो स्थान खाली भएदेखि नै यस किसिमको कुराहरु आएका हुन्। उप चुनावको मिति घोषणा भएपछि अहिले त्यो झनै बढेको छ। पार्टीको उम्मेदवारको विषयमा चर्चा हुँदा ‘तपाईं नै हो’ भनेको पनि सुनेको छु। अहिलेसम्म औपचारिक रुपमा कुनै निर्णय भइसकेको भने छैन। पार्टीको उच्च तहमा छलफल, सल्लाह पनि भएको छैन।

प्रकाशित मिति: : 2019-08-12 16:50:42

प्रतिकृया दिनुहोस्