'हामीलाई जति सँगै भए पनि पुग्दैन'

'बुढाथोकी स्टोरबाट थोरै अगाडि बढेपछि तल झर्ने रोड आउँछ, म तपाईंलाई लिन आइरहेकी हुन्छु,' नविनाले यति भनेपछि बल्खु, कुमारी क्लबदेखि थोरै भित्र रहेको त्यो ठाउँमा हामी पुग्यौं। नविना सडकसम्म आइसकेकी थिइन्।

सफा र चिटिक्क तीन तले घरको एउटा फ्ल्याटमा नविनासँग छिर्यौं। भित्र पस्दै गर्दा नविनाका श्रीमान अर्जुन पौडेल भर्खरै नुहाएर निस्किएका थिए। शुक्रबार भएकाले नविना पनि नुहाइसकेर सन्तोषीमाताको पूजाको तयारी गरेकी थिइन्। धुप बाल्नु पहिले मोबाइलमा आरती धुन बजाउन लागिन्। भनेजस्तो फेला परेन।

तुरुन्तै अर्जुनलाई भनिन्, 'कालु, मेरो मोबाइलमा आरती धुन फेला परेन, तपाईंकोमा खोज्दिनुस त।'

उनले भनेजस्तै धुन बजाइदिएर अर्जुन चामल भिजाउनतिर लागे। अर्जुनलाई खाना पकाउन आउँदैन। अरू काममा उनी नविनालाई सघाउँछन्।नविना धाराबाट तामाको अंखरामा पानी लिएर आइन्, पूजा गरिन्। सकेपछि तरकारी काट्न थालिन्- लौका, आलु, प्याज, टमाटर, खुर्सानी। दुवै जना माछामासु खाँदैनन्।

खाना बनाउन रूचाउने नविना शाकाहारी खानाका धेरै परिकार बनाउन आउने बताउँछिन्। उनको सपना छ- दृष्टिबिहीनहरूका लागि रेष्टुरेन्ट चलाउने। तत्काल भने दृष्टिबिहीनहरूकै लागि 'कुक' तालिम सञ्चालन गर्ने योजना बनाएकी छन्।

प्रकाशित मिति: : 2019-08-12 16:28:50

प्रतिकृया दिनुहोस्