स्वास्थ्यमन्त्री आज अमेरिका जाँदै

फाइल तस्बिर

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका जाने भएका छन् ।

सेप्टेम्बर २२—२३ मा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्टसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुनको लागि मन्त्री यादव आज अमेरिका जान लागेका हुन् । आज ९ः३० बजे मन्त्री यादव अमेरिका जाने तयारीमा रहेका छन् ।

मन्त्रालयलले जारी गरेको विज्ञप्तिअनुसार मन्त्री यादव असोज १४ गते मात्रै नेपाल फर्कने छन् ।

 

प्रकाशित मिति: : 2019-09-18 15:42:18

प्रतिकृया दिनुहोस्