आज गाली गर्नेले भोलि स्याबासी दिनुहुनेछ : धुर्मुस

नेपालको हास्य कलाकारितामा बेग्लै पहिचान बनाइसकेका सीताराम कट्टेल धुर्मुस ०७२ सालको भूकम्पछि ‘सामाजिक अभियन्ता’को नयाँ परिचयमा उदाए । भूकम्प उनको जीवनमा ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’सँग मिलेर उनले भूकम्पपीडित, बाढीपीडित र मुसहरका लागि चारवटा एकीकृत बस्ती निर्माण गरेर देशबासीको विश्वास जिते । उनी अहिले जनस्तरमा सहयोग जुटाएरै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने महत्वाकांक्षी अभियानमा छन् । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पछिल्लो अभियानमा भने धुर्मुसले एउटा कोणबाट आलोचना पनि खेप्नुपरेको छ ।

दाइ, म किन नजाउँ विदेश ?

एकातर्फ उनले यो काम फत्ते गर्लान् या नगर्लान् भन्ने प्रश्न उठाउने गरिएको छ भने अर्कोतर्फ सहयोग जुट्नका लागि जुनखालको देशव्यापी लहर बन्नुपर्ने हो, त्यो पनि बन्न सकिरहेको छैन । जनस्तरबाट ३ अर्ब रुपैयाँ संकलन गर्नु उनका लागि चुनौतिको विषय बनेको छ ।

अघिल्लो महिना रंगशाला निर्माणस्थलमा स्थानीयवासीबाट अवरोध भयो । निर्माणस्थलमा स्थानीयले डोजर चलाएपछि करिब दुई महिना निर्माण कार्य रोकियो । अहिले दुवै पक्षबीच सहमति भएर धुर्मुस फेरि काममा फर्किएका छन् । 

जौमतिको चिन्ता : छोरी बिक्दिन कि!

जुनसुकै काममा लागेपछि त्यसलाई फत्ते नगरेसम्म विश्राम नलिने ढीट स्वभावका धुर्मुसले रंगशाला निर्माणमा पनि हिम्मत हारेका छैनन् । जनस्तरबाट भएको आह्वानकै कारण रंगशाला निर्माणमा होमिएको भन्दै उनी जनताकै सहयोगमा यो आयोजना सफल बनाउने बताउँछन् ।

रंगशाला सँगसँगै धुर्मुसले हालै एउटा फिल्म निर्माणको पनि घोषणा गरेका छन् । संघर्ष गरेर कलाकारितामा आफ्नो स्थान बनाएका उनमा यो क्षेत्रप्रति मोह पटक्कै घटेको छैन । फिल्मले नाफा कमाएमा त्यसको केही हिस्सा रंगशालाका लागि दिइने भनिएको छ । फिल्मकै लागि भनेर उनले घोप्टे जुँगा पाल्न थालेका छन् ।

प्रकाशित मिति: : 2019-08-11 13:47:08

प्रतिकृया दिनुहोस्