विप्लव नेता–कार्यकर्ता धमाधम पक्राउ

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा (विप्लव समूह) र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि पक्राउ गर्ने क्रम रोकिएको छैन। पछिल्लो समय सरकार वार्ताप्रति अनुदार बन्दै गएको छ। सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वार्तामा आए रातो कार्पेट बिछ्याउने बताए पनि गृह मन्त्रालयमातहतका सुरक्षा निकायले भने सो समूहका नेता–कार्यकर्ता पक्राउ गर्दै गएपछि वार्ताप्रति सरकार अनुदार बन्दै गएको देखिएको हो। 

दाइ, म किन नजाउँ विदेश ?

असार २८ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन वार्ता समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयमा पठाएर समूहसँग वार्ता प्रक्रिया अघि बढाउने आशयको निर्देशन दिएको थियो। त्यसपछि सरकारले सो समूहलाई वार्ताको सन्देश पठाइरहेका बेला त्यसका पोलिटब्युरो सदस्य एवं काठमाडौं उपत्यका इन्चार्ज माइला लामा काठमाडौंमा पक्राउ परेका थिए। 

जौमतिको चिन्ता : छोरी बिक्दिन कि!

लामा पक्राउपछि विप्लव समूहले जनप्रतिरोध र जनकारबाहीको चेतावनी दिएको थियो। शनिबार पनि सो समूहका जनवर्गीय संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष खेम थपलियालाई पक्राउ ग-यो। प्रगतिशील लेखक संघको बैठकबाट बाहिरिँदै गर्दा उनलाई सशस्त्र प्रहरीको विशेष टोलीले दिएको सुराकीका आधारमा नेपाल प्रहरीले पक्राउ गरेको थियो।

 

त्यसअघि महानगरीय प्रहरी अपराध महाशाखाले टोलीले गत मंगलबार गौशालाबाट सो समूहका केन्द्रीय सदस्य उमा गुरुङ, डम्बर बिक र मानध्वज गुरुङलाई पक्राउ गरेको थियो। विप्लव समूहले विभिन्न स्थानमा चन्दा आतंक, बम विस्फोटलगायत घटना गराउन थालेपछि प्रहरीले सो समूहका नेता–कार्यकर्ता पक्राउलाई तीव्रता दिएपछि सरकार र अन्य व्यक्तिसँग सम्पर्कमा रहेका विप्लव नेता–कार्यकर्तासमेत अहिले सम्पर्कविहीन बनेका छन्। सत्तारूढ दलकै स्थायी समिति सदस्य लेखराज भट्टले सरकार विप्लव समूहबीच वार्ता हुनुपर्ने धारणा सार्वजनिक गरिरहका छन्। तर विप्लव समूहले शक्ति सञ्चय गरिरहेको आशंकामा गृह मन्त्रालयले अघोषित रूपमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीसमेत परिचालन गरेर नेता–कार्यकर्तालाई पक्राउ गरिरहेको छ। सरकार एकातिर वार्ताको कुरा गर्ने र अर्कोतिर नेता–कार्यकर्ता पक्राउ गरेर अनुदार बन्दै गएकाले सरकारसँग वार्ताको सम्भावना सकिएको भन्दै सो समूहले तत्काल वार्ता नहुने जनाइसकेको छ।

प्रकाशित मिति: : 2019-08-11 13:23:15

प्रतिकृया दिनुहोस्