काश्मीर सम्झेर नेपालमा छट्पटाइरहेका तारिख

‘धेरैपटक फोनको प्रयास गरेँ, म्यासेज गरेँ। तर, लाग्दै-लाग्दैन। उताको अवस्था बुझौं भनेको। दाजुभाइहरू छन्। के भयो, थाहा छैन। निकै चिन्ता लागेको छ।’ काश्मिर श्रीनगरका तारिख अहमदको गुनासो हो यो। यो गुनासोमा परिवारप्रतिको अपनत्वमात्रै झल्किँदैन, त्यहाँको हालत सम्झेर उब्जिएको छटपटिको दृश्यसमेत स्पष्ट रुपमा अनुभूत गर्न सकिन्छ। तारिख २६ वर्षदेखि ठमेलमा कपडा व्यवसाय गर्दै आएका छन्। तारिखका दाजुभाइ उतै छन्-काश्मिरमा। उनी अहिले आफन्त सम्झेर चिन्तित बनेका छन्। ‘भारत सरकारले कर्फ्यू लगाएको रैछ। फोन, इन्टरनेट सबै रोकिदिएछ,’ उनी उदास हुँदै भन्छन्। 

होला त अमेरिका र तालिबानबीच शान्ति सम्झौता ?

जम्मू-काश्मीरलाई दिइएको विशेसाधिकारसम्बन्धी संवैधानिक व्यवस्था धारा ३७० खारेज गरिदिएपछि गत आइतबारदेखि भारत प्रशासित जम्मू-काश्मिर यतिबेला अशान्त छ। कर्फ्यूका कारण पूरा सडक शून्य छन्। सञ्चार र इन्टरनेट सेवा अवरुद्ध छ। सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ। काश्मीरका प्रभावशाली नेताहरू नजरबन्दमा छन्। मुस्लिमहरूको विशेष चार्ड इद नजिकमा छ। तर, काश्मीरी जनताहरू (बहुसंख्यक मुस्लिमहरू) भने आफ्नै भूगोलमा पनि अलपत्रजस्तै छन्। केही दिनदेखि आफन्तका खबर बुझ्न चाहिरहेका तारिखको प्रयास केवल असफल बनिरहेको छ।

000

प्रधानमन्त्री स्वदेश फर्कने तालिका फेरि सर्‍यो, सोमबार आउनसक्ने सम्भावना

ठमेलस्थित तारिखको पसलमा पुग्दा सुरुमा त उनले हामीलाई शंकालु नजरमा हेरे। हामीले हाम्रो विश्वसनियता पुष्टि गरेको लागेपछि मात्रै उनी कुरा गर्न राजी भए। ‘डरलाग्दो अवस्था छ। यहाँ इण्डियन सिआइडी पनि कति छन् कति,’ उनी सुरुवातमै केही सशंकित सुनिए, ‘धेरै मान्छेले हामीलाई शंका पनि गर्नसक्छ। त्यसैले डर लाग्छ।’ यसबाट नेपलामा व्यवसाय गरेर बसेका काश्मीरीहरु पनि चीन्ता रहेको बुझ्न हामीलाई समय लागेन। केहीबेरमा उनी सामान्य हाउभाउमा प्रस्तुत भए र खुलेर कुरा गर्न थाले। शकौं भयो, काश्मीरले आनन्दको श्वास फेर्न पाएको छैन। सन् १९४७ मा विभाजनपछि नै भारत र पाकिस्तान काश्मीरलाई लिएर लगातार विवादमा छन्। जसले हरेक समय चर्किन्छ काश्मीरीको पीडा। त्यही पीडाको एक साक्षी हुन् तारिख। २६ वर्षअघि उनी सोही पीडा बोकेर नेपाल छिरेका हुन्।

हङकङमा प्रदर्शनः अन्तर्राष्ट्रिय विमानस्थलभित्रै प्रदर्शनकारी

प्रकाशित मिति: : 2019-08-11 09:45:17

प्रतिकृया दिनुहोस्