मन्त्री र राज्यमन्त्रीलाई प्रश्न: कहिल्यै टेकु अस्पताल जानु भएको छ ?

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद कृष्णगोपाल श्रेष्ठले डेंगुले महामारीको रुप दिँदा पनि मन्त्री र राज्यमन्त्री कानमा तेल हालेर बसेको आरोप लगाए ।

बुधबार संसदमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले उक्त आरोप लगाएका हुन् । संसदमा गम्भीर प्रश्न उठेपछि सभामुखले रुलिङ गरेपछि मात्र मन्त्रीको चेत खुलेको भन्दै उनले भने– ‘यो भन्दा गैरजिम्मेवर अरु के हुन्छ ?’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अपस्तालमा विरामीको भीड रहेको भन्दै उनले मन्त्री र राज्यमन्त्रीलाई प्रश्न गरे, ‘कहिल्यै टेकु अस्पताल जानु भएको छ ?’

प्रकाशित मिति: : 2019-09-18 14:51:38

प्रतिकृया दिनुहोस्