नेपाली नागरिकता लिने दुई तिब्बती युवतीसहित ८‍ पक्राउ, ६ कर्मचारीलाई विभागीय कारवाही

पोखरा– झुठो विवरण पेस गरी तिब्बती शरणार्थीलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

तिब्बतीलाई छोरी बनाइ जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गरेको झुठो विवरणमा सनाखत गर्ने पोखरा–१८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने २ युवतीसहित सर्जमिन मुचुल्कामा दस्तखत गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो।

तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीका छोरी (नातिनी) लाई नागरिकता दिलाउन लेखबहादुरले बाबु भएको झुठो विवरण पेस गरेको खुलेको कास्कीका सिडिओ चक्रबहादुर बुढाले बताएका छन्।

नेपाली आमा र तिब्बती बाबुबाट जन्मिएका सरु थापा मगर र तासी आङ्मो थापा मगरले जेठ २५ र असार ६ गते जिल्ला प्रशासन कास्कीबाट नागरिकता लिएका थिए।

लेखबहादुर थापका छोरी बनेर सरु थापामगरका नाममा जेठ २६ गते ४६–०१–०७६–२०३९ र तासी आङ्मो थापामगरका नाममा असार ६ गते नम्बरका २ नागरिकता जारी भएका छन्।

सरुले २७ वर्ष र तासी २६ वर्षको उमेरमा नागरिकता लिएका हुन्। कागजका आधारमा ती दिदीबहिनीको उमेरमा ७ महिनाको अन्तर छ...

यो पनि हेर्नुस्

 

प्रकाशित मिति: : 2019-08-10 22:57:14

प्रतिकृया दिनुहोस्