टुँडिखेलमा इनार खनेर सुन्धारामा पानी झारिने

तस्बिरः नारायण महर्जन/सेतोपाटी

भुइँचालोपछि नौतले धरहराको एक तले ठूटो मात्रै बचेको थियो। हाल त्यसलाई चारैतिरबाट डण्डीले घेरेर संरक्षण गरिएको छ। केही समयपछि त्यसलाई 'टेम्पर्ड ग्लास' ले छोपेर 'भुइँचालो स्मारक' का रुपमा जस्ताको त्यस्तै राख्ने योजना छ।

धरहरा ढल्दा जनधन क्षति भएको र मौलिकता झल्काउने सम्पदा पनि नभएका कारण धरहरा फेरि बनाउने वा नबनाउने विवाद भएको थियो। त्यही बीच पुरानो अवशेष जस्ताको त्यस्तै राखेर सँगै नयाँ धरहरा बनाउने निर्णय भयो।

पुरानो ठूटोको आडैमा धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण २२ तले नयाँ धरहरा बनाउँदैछ। भित्री संरचना २२ तला भए पनि बाहिरबाट हेर्दा ठ्याक्कै पुरानै जस्तै देखिने डिजाइन तयार भएको छ।

पहिले धरहरा करिब साढे चार रोपनीमा फैलिएको थियो। सानो बगैंचा अनि चारैतिर सार्वजनिक बाटो। आधुनिक शैलीमा निर्माण गरिने नयाँ धरहराको फैलावट १० गुणा बढी छ। यसमा पहिले सडकमै रहेको सुन्धारा, गोश्वारा हुलाक कार्यालय र टक्सार विभाग भवनसम्मको जग्गा समेटेर साढे ४२ रोपनी हुने धरहरा पुनर्निर्माण विज्ञ समितिका सदस्य राजुमान मानन्धरले बताए...

यो पनि पढ्नुस्

खम्बामा ठोक्किएर र खाल्डोमा परेर लागेका घाउले हाम्रो शरीर कहाँ सग्लो छ र? (भिडियो सहित)

प्रकाशित मिति: : 2019-08-09 00:18:51

प्रतिकृया दिनुहोस्