‘मलाई पनि शिक्षकले ११ वर्षको छँदा पटकपटक दुराचार गरेका थिए’

पिटर जोन डल्गस।

काभ्रे, धुलिखेल– बालयौन दुराचारको अभियोगमा दोषी ठहर भई ९ वर्षको जेल सजाय पाएका क्यानडेली नागरिक पिटर जोन डल्गसले अदालतमा बयानको क्रममा बाल्यावस्थामा आफूमाथि पनि यौन दुराचार भएको खुलाएका छन्।

किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

बालयौन दुराचार र यस्तो अपराध गर्नेहरुमाथि भएका अन्तर्राष्ट्रिय अध्ययनहरुमा बाल्यकालमा आफूमाथि दुराचार भएकाहरु पछि गएर बालयौन दुराचारी बन्न सक्ने सम्भावना देखिएका छन्। डल्गसमा सोही भएको हुन सक्ने जनाइएको छ।  यस्तै वैवाहिक सम्बन्ध राम्रो नरहेका व्यक्तिहरु पनि बालयौन दुराचारी बन्न सक्ने अध्ययनहरुमा देखिएको र डल्गसको वैवाहिक जीवन पनि राम्रो नरहेको पाइएको अदालतले तयार पारेको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको छ।

संगीत घरका मालिक रमण (भिडियो रिपोर्ट)

काभ्रे जिल्ला अदालतले नेपाली दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा गत जेठ २७ गते दोषी ठहर गरी गएको असार २३ गते डल्गसलाई सजाय तोकेको थियो।

काभ्रे जिल्ला अदालतले तयार पारेको फैसलाको पूर्णपाठमा डल्गसले अदालतमा बयानको क्रममा ११ वर्षको हुँदादेखि विद्यालयमा शिक्षकले आफूमाथि यौन दुराचार गरेको बताएका हुन्। उनले बयानको क्रममा भनेका छन्, ‘म स्कूल पढ्ने बेलामा ११ वर्षको हुँदा लगातार चार वर्षसम्म मेरो शिक्षकले मलाई कुट्नेसहित बालयौन दुराचार गरेका थिए।’ त्यसपछिका केही वर्ष आफूले धेरै बच्चामाथि यौन दुराचार गरेको उनले बयानमा उल्लेख गरेका छन्।

परदेशमा रहेर घरदेशको चिन्ता गर्ने हामीलै नै हो, हामीले नगरे कसले गरिदेला: राजदूत शर्मिला पराजुली ढकाल

सजायको फैसला गर्ने काभ्रे जिल्ला अदालतका प्रमुख न्यायाधीश अर्जुन अधिकारीले तयार पारेको फैसलाको पूर्णपाठमा डल्गसको बयान उल्लेख छ, त्यसमा उनले भनेका छन्, ‘१६ देखि १८ वर्षको हुँदासम्म मैले धेरै बच्चाहरुलाई बालयौन दुराचार गरेको थिएँ।’ सो बयानमा उनले त्यसपछि भने आफूले त्यस्तो कुनै गतिविधि नगरेको दाबी गरेका छन्।

‘१६ देखि १८ वर्षको हुँदासम्म मैले धेरै बच्चाहरुलाई बालयौन दुराचार गरेको थिएँ।’

डल्गसले १२ र १४ वर्षका दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा दोषी ठहर भई जेल सजाय पाएका छन्। उनले १४ वर्षका, अदालती कोड नाम २९४ र १२ वर्षका अदालती कोड नाम २९५ का बालकमाथि ललाई फकाई तथा विभिन्न भौतिक सामग्री दिएर विविध बहानामा यौन दुराचार गरेको ठहर भइ क्रमशः ७ र ९ वर्षको जेल सजाय हुने तोकिएको थियो। दुवै समान प्रकृतिको अपराध रहेकाले प्रचलित ऐनको दण्ड सजाय महलको ४१ नम्बर बमोजिम ठूलो कलमको मात्र कैद हुने हुँदा डल्गसले ठूलै कैदको हद ९ वर्षको जेल सजाय भोग्नु पर्ने फैसला जिल्ला अदालत काभ्रेले गरेको थियो। उनले क्षतिपूर्ति स्वरुप पीडित बालकलाई जनही पाँच लाख रुपैयाँ पनि बुझाउनु पर्ने फैसला भएको थियो।

 

प्रकाशित मिति: : 2019-08-08 16:30:10

प्रतिकृया दिनुहोस्