धनी देशको फोहोर फिर्ता गर्दै एसियाली राष्ट्रहरू

एएफपी

धनी देशको फोहोर व्यवस्थापन गर्दागर्दा वाक्क भएका थुप्रै दक्षिणपूर्वी एसियाली देशहरूले विदेशबाट आएका फोहोरका कन्टेनर फिर्ता पठाइरहेका छन्।

पोहोर चीनले प्रयोग गरिएका प्लास्टिक भित्र्याउन बन्द गरेदेखि यस्तो हुन थालेको हो। “रिसाइकल” गर्न मिल्ने सामग्रीका लागि चीन सबैभन्दा ठूलो बजार थियो। मंगलबार इन्डोनेसियाले पनि गैरकानूनी रूपमा फ्रान्स र हङकङबाट आयात गरिएका फोहोर फिर्ता पठाएको जनाएको छ।

चीन

जनवरी १, २०१८ देखि चीनले विदेशबाट आउने लगभग सबै प्लास्टिकजन्य फोहोर बन्द गर्‍यो। वातावरण र हावाको गुणस्तर सुरक्षित राख्न पुनर्चक्रण गर्न मिल्ने अन्य धेरै फोहोर पनि नल्याउने निर्णय गर्योस। चीनले विश्वभरका धेरै प्लास्टिकजन्य फोहोर वर्षौंदेखि आयात गर्थ्यो। प्रशोधन गरेर उच्च गुणस्तरीय सामग्री बनाउँथ्यो। त्यसलाई उत्पादकहरूले प्रयोग गर्थे।

ग्लोबल अलायन्स फर इन्सिनरेटर अल्टरनेटिभ्स (जिएआइए)का अनुसारबेइजिङको यो निर्णयले विकसित राष्ट्रलाई “कम गुणस्तर र मुल्यका” वा “रिसाइकल” गर्न नमिल्ने प्लास्टिकको नयाँ गन्तव्य पत्ता लगाउन बाध्य बनायो। त्यसपछि “रिसाइकल” गर्ने क्षमता सीमित भएको दक्षिणपूर्वी एसियामा फोहोरको विशाल परिमाण भित्रिन थाल्यो। 

संगीत घरका मालिक रमण (भिडियो रिपोर्ट)

मलेसिया

मे महिनाको अन्त्यतिर अष्ट्रेलिया, बंगलादेश, क्यानडा, चीन, जापान, साउदी अरब र अमेरिकाबाट आएका साढे चार सय टन दूषित प्लास्टिक फोहोर फिर्ता पठाइने घोषणा गर्योए। तर देशमा “रिसाइक्लिङ” उद्योगका लागि “होमोजिनस” र सफा फोहोर प्लास्टिकको आयात गर्न पाइँदैन। “विकसित देशहरूलाई हाम्रो देशमा फोहोर नपठाउन आग्रह गर्दछौं,” मन्त्री यो बी यिनले बताए।

फिलिपिन्स

जुनको अन्त्यतिर फिलिपिन्सले ६९ वटा कन्टेनर फोहोर क्यानडालाई फिर्ता पठायो। उक्त फोहोर ६ वर्षदेखि फिलिपिन्समा थियो।

सन् २०१३ र २०१४ मा क्यानडाको एउटा कम्पनीले गलत लेबल लगाएर “रिसाइकल” गर्न मिल्ने प्लास्टिक फिलिपिन्स पठाएको थियो। यसले दुई देशबीच विवाद भएको थियो। फोहोर फिर्ता पठाएपछि विवाद अन्त्य भएको छ।

कम्पनीले पठाएको फोहोरमा कागज, प्लास्टिक, विद्युतीय सामग्री र भान्छाको फोहोर र डायपर लगायत घरेलु फोहोर पनि थियो। केही फोहोर फिलिपिन्समा फ्याँकिए पनि धेरै जसो स्थानीय बन्दरगाहमा वर्षौंसम्म त्यतिकै रह्यो।

प्रकाशित मिति: : 2019-08-08 07:23:25

प्रतिकृया दिनुहोस्