पानी, जमिन, धर्म : के हो काश्मीर समस्या ?

भारत स्वशासित जम्मु काश्मीर क्षेत्र तनावग्रस्त छ । भारत सरकारले जम्मु काश्मीर राज्यलाई प्रदान गरेको विशेष संवैधानिक प्रावधान खारेज गरेको छ ।

भारतीय संविधानको धारा ३७० र अनुच्छेद ३५ (ए) खारेज गरेर भारत सरकारले जम्मु काश्मीरलाई प्रदान गरेको विशेष अधिकार हटाएसँगै गरेसँगै जम्मु काश्मीर अब भारतका अन्य प्रान्तजस्तै भएको छ ।


अर्थात् जम्मु काश्मीरले आफ्नो विशिष्ट पहिचान गुमाएको छ । जम्मु काश्मीरको विशिष्ट पहिचान थिए– झन्डा, संविधान, रोजगारीको अधिकार र सम्पत्तिको अधिकार ।

यसअघि जम्मु काश्मीरको आफ्नै झन्डा हुन्थ्यो । आफ्नै संविधान हुन्थ्यो । जम्मु काश्मीरवासीले विशेष परिचयपत्र पाउँथे । जसका आधारमा त्यहाँ बाहिरबाट आएका मान्छेले रोजगारी पाउँदैनथे । त्यहाँका स्थानीयबाहेक अरुलाई जम्मु काश्मीरमा सम्पत्ति जोड्ने अधिकार थिएन ।

यसअघि जम्मु काश्मीरमा भारतको केन्द्र सरकारले रक्षा, विदेश र सञ्चार विषयका लागि मात्रै कानून बनाउँथ्यो ।

भारतीय संविधानको धारा ३७० खारेज भएसँगै अब जम्मु काश्मीर केन्द्र सरकारको नियन्त्रणमा आएको छ । अर्थात् अब भारतका अन्य राज्यजस्तै भएको छ, जम्मु काश्मीर । जम्मु काश्मीरलाई भारतमा पूर्ण विलय गराउने कुरा भारतीय जनता पार्टीको चुनावी घोषणापत्रमै पनि उल्लेख थियो ।

यसरी सुरु भयो काश्मीर समस्या
‘म सुत्न जान्छु । भोलि बिहान तिमीले श्रीनगरमा भारतीय सैनिक विमानको आवाज सुनेनौ भने मलाई निदाएकै अवस्थामा गोली हान्नू ।’
आजभन्दा ठीक ७० वर्षपहिले जम्मु काश्मीरका राजा हरि सिंहले आफ्ना अंगरक्षक कप्तान दिवान सिंहलाई भनेका थिए ।

आफ्ना अंग रक्षकलाई गोली हान्ने अनुमति दिनुअगाडि राजा सिंहले भारतसँग ‘इन्स्ट्रुमेन्ट अफ एक्सेसन’ मा हस्ताक्षर गरेका थिए । र, यससँगै जम्मु काश्मीर भारतको हिस्सा बनेको थियो ।

जम्मु–काश्मीर मुख्यतः पाँच भागमा विभाजित थियो– जम्मु, काश्मीर, लद्दाख, गिलगिट र बाल्टिस्तान । यी सबै क्षेत्रलाई एक सूत्रमा बाँधेर राखेका थिए डोगरा राजपुतले ...

प्रकाशित मिति: : 2019-08-08 01:27:02

प्रतिकृया दिनुहोस्