प्रतिकात्मक तस्बिर

नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ। जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।

पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय र तेजावी सुन ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

ओली महाराज, कम्तिमा अलिकति शर्म त गरिबक्सियोस् !

यसरी चल्छ परदेशको जिन्दगी!

न प्रचण्ड 'हेग' ल्याइन्छन्, न 'हिरो' हुन्छन्

अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महङ्गिएको सुन व्यवसायीहरुको भनाइ छ ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिका र चीनबीचको व्यापार युद्ध लगायत विविध कारणले नेपालीमा सुनचाँदीको मूल्य बढेको बताउनुभयो । उहाँले आइतबार मात्रै इरानले तेलको ट्यांकर रोकेको तथा भारतको जम्बु काश्मिरमा आएको राजनैतिक तनावका कारण नेपाली बजारमा सुनचाँदीको भाउ अचाक्ली बढेको उल्लेख गर्नुभयो ।

नेपाल समाचारपत्रसँग कुरा गर्ने क्रममा उहाँले भन्नुभयो, ‘आइतबारमात्रै इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ, यसबाट पनि सुन महंगिएको छ ।’ उहाँले भारतमा जम्बू–कश्मिरमा फैलिएको आतंकका कारण नेपाली सुन बजार प्रभावित भएको उल्लेख गर्नुभयो ।

व्यवसायी शाक्यले सुनको कारोबार कहिलेसम्म बढ्ने भन्ने अनुमान गर्न नसकिने बताउँदै भन्नुभयो, ‘सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँभन्दा माथि नजाला भन्न सकिँदैन?’

आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

एभानको प्रजनन अंग र त्यसलाई मुसारेर आमा बन्न चाहने महिलाहरू ! (भिडियोसहित)

एकातिर अमेरिकाको केन्द्रिय बैंकले ब्याजदर घटाउँदाको असर पनि सुनमा परेको छ । अमेरिकी केन्द्रिय बैंकले ०.३ प्रतिहत ब्याजदर घटाएको छ भने अर्काेतिर सुनको भाउ आकाशिँदा व्यवसायी तथा उपभोक्ता मारमा परेका छन् । काठमाडौं उपत्यकाका अधिकांश सुनचाँदी पसलहरू अहिले ठप्प जस्तै देखिन्छन् ।

विशेषगरी नेपालीमा साउनमा बढी सुनचाँदी बिक्री हुन्छ । भदौमा तिज मनाउने समयमा गरगहना बढी खरिद–बिक्री हुने व्यवसायीहरुको अनुभव छ ।
सुनचाँदी व्यवसायी शाक्यका अनुसार बजारमा सुनको माग एकदमै न्यून छ ।
अब केही समयसम्म सुनको भाउ सामान्य अवस्थामा नआउने उहाँले अनुमान गर्नुभयो । सुन व्यवसायी र उपभोक्ताहरुको हितका लागि सरकारले यसलाई केही हदसम्म सामान्य गर्न सक्ने उहाँको भनाई छ ।

प्रकाशित मिति: : 2019-08-06 07:35:33

प्रतिकृया दिनुहोस्