संसद् सचिवालयको मनोमानी चल्ने गाडी थन्क्याउँदै, नयाँ किन्दै

प्रतिकात्मक तस्बिर

नयाँ किन्न बिग्रिएको बहाना

काठमाडौं । संघीय संसद् सचिवालयले आफूसँग भएका दर्जनौं सद्दे सवारी साधन बिग्रिएको देखाएर करोडौं मूल्यमा १८ वटा नयाँ गाडी खरिद गरेको खुलासा भएको छ । सचिवालयमा भएका गाडी थन्काएर नयाँ किन्दा राज्यलाई १२ करोड बढी रुपैयाँको व्ययभार थपिएको छ । सरकारले आर्थिक मितव्ययिताको नीति अवलम्बन गरिएको बताउँदै आए पनि संसद् सचिवालयले भने सो नीतिको खिल्ली उडाउँदै महँगो मूल्यमा स्कार्पियोे गाडी खरिद गरेको हो । सचिवालयका अनुसार पछिल्लोपटक प्रतिगाडी झन्डै ६५ लाख मूल्य तिरिएको छ ।

सचिवालय परिसरमा सय बढी सवारी साधन थन्क्याएर राखिएको छ भने बर्सेनि महँगोमा गाडीहरू थप्ने क्रम जारी छ । परिसरमा राखिएका गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएको’ भन्दै प्रयोग नगरेको पाइएको छ ।

ओली महाराज, कम्तिमा अलिकति शर्म त गरिबक्सियोस् !

यसरी चल्छ परदेशको जिन्दगी!

सचिवालयले चलिरहेका गाडी थन्क्याएर संसदीय समितिका सभापतिहरूलाई नयाँ गाडी किनेर दिएको हो । सभापतिहरू पनि नयाँ गाडी चढ्ने होडबाजीमा उत्रन थालेका छन् । सचिवालयका कर्मचारीका अनुसार सभापतिको नयाँ गाडी चढ्ने लालसाका कारण पुराना गाडी थन्काएर नयाँ किन्नुपर्ने बाध्यता आएको हो ।

गत वर्ष कात्तिकमा संसदीय समितिका सभापति चयन भएको दिन नयाँ गाडी माग गरेपछि संसद् सचिवालयले कात्तिकमा नै २३ वटा नयाँ गाडी किन्न अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । तर, अर्थले भने १८ वटाका लागि मात्रै रकम निकासा दिएको थियो । खरिद गरिएका १८ गाडीमध्ये १२ वटा स्कार्पियोे जिप गत २६ जेठमा र तीनवटा ह्याच ब्याक कार २८ जेठमा सचिवालयमा ल्याइएको छ । बाँकी तीनवटा कार पनि ३० जेठमा ल्याइएको थियो ।

न प्रचण्ड 'हेग' ल्याइन्छन्, न 'हिरो' हुन्छन्

आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

सयौं गाडी परिसरमा थन्काइँदै, बर्सेनि दर्जनौं गाडी खरिद गर्दै

गत ११ जेठमा स्कार्पियो खरिद गर्न अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ रकमान्तर गरेको थियो । वैशाखमा पाँचवटा गाडी खरिद गरेको महिना दिन नपुग्दै सचिवालयले ११ गाडी खरिद गरेको हो । संसद् सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याई लगातार नयाँ खरिद गर्दै आएको छ । सचिवालयले दुई वर्षयता ३४ वटा गाडी किनिसकेको छ । त्यस्तै, तीन वर्षअघि मात्र चीनले संघीय संसद् सचिवालयलाई नौ वटा किया कार उपलब्ध गराएको थियो । २०६४ सालमा अनमिन फर्किएपछि उसले प्रयोग गरेको ३० वटा स्कार्पिओ गाडी पनि संघीय संसद् सचिवालयले नै पाएको थियो । संघीय संसद्का कर्मचारीले ११ वटा साना गाडी प्रयोग गर्ने गरेका छन् । अधिकांश हुन्डाई कम्पनीका स्यान्ट्रो कार छन् । सचिवालयसँग केही पुराना इसिजु जिप पनि छन् ।

सचिवालयले राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, दलका नेता, सचेतक र १६ वटा संसदीय समितिका सभापतिका लागि २३ वटा नयाँ गाडी किन्न गत वर्ष कात्तिकमै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । समिति सभापतिले सभामुख कृष्णबहादुर महरासँग आफूहरूले चढेको गाडी पुरानो भएको गुनासो गरेका थिए । त्यसपछि संघीय संसद् व्यवस्थापन समितिको बैठकले गाडी माग गरेको थियो ।

प्रकाशित मिति: : 2019-08-06 07:30:51

प्रतिकृया दिनुहोस्