विप्लवलाई सरकारका प्रवक्ताको प्रश्न: १० वर्षमा के के भयो देख्या होइन, बन्दुक हारेको होइन?

काठमाडौं : सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दाउपेचका लागि नभइ समाधानका लागि वार्तामा आउन आग्रह गरेका छन।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बाँस्कोटाले नेपालको हित चाहनेलाई हिंसाले खुशी नबनाएको भन्दै विप्लव वार्ताका लागि आए सधै स्वागत  गर्न तयार रहेको बताउँदै भने, 'हामी समाधानका लागि वार्ता गर्न तयार छौँ। तर, उहाँहरु दाउपेचको ढंगले आरोपित गरेर आउनुहुन्छ भने केही पनि पार लाग्दैन।

बाँस्कोटाले विप्लव समूहलाई हिंसाको बाटो छोडेर लोकतान्त्रि बाटो आए स्वागत गर्न तयार रहेको बताएका हुन्। विप्लव समूह दमाहा, ढोलक, बजाएर खुट्टा घुमाएर नाँच्दै हिँड्दै जसरी आएपनि सरकार खुशी साथ स्वागत गर्न तयार रहेको बताए।

विप्लवलाई भड्किएको आत्माको संज्ञा दिँदै उनले भने ‘भड्क्या आत्मा भन्छन नि। अुन्तुष्टिले। त्यस्तो भएको हुन सक्छ।’

विप्लवको विद्रोहले हिंसा र अधिनायकावादको व्यापार गर्नेलाई मात्र फाइदा पुगेको दाबी गर्दै बाँस्कोटाले भने, प्रवक्ता बास्कोटाले भने, ‘हामीले भनिरहेका छौँ कि यो बाटोबाट पार लाग्दैन। यसले कसैलाई खुसी बनाउँदैन। यसले हिंसा, अधिनायकाबाद र यसका व्यापारीलाई मात्र खुशी बनाउँछ।’

सरकार हिंसाको पक्षमा नरहेको र त्यसता कार्य गर्नेलाई पराजित गर्न दुढ रहेको बताउँदै बाँस्कोटाले विप्लवले हिंसाको बाटो अंगाल्दै नेपाली जनताले चाहेको भन्दा बाहिर गए आफै भूमरीमा फस्ने बताए।

नेपाली समाजले हिंसालाई अस्वीकार गरिसकेको तर विप्लव समूहले भने हिंसाकै बाटो अपनाउँदै विद्रोहको सपना देखे कहिल्यै पार नलाग्ने बताउँदै बाँस्कोटाले विप्लवलाई प्रश्न गरे, हिंसाबाट जितेर चाहीँ के ल्याउनुहुन्छ?  एकदलीय तानाशाही, निरंकुशवाद? पार्टीको दादागिरी?’

प्रकाशित मिति: : 2019-08-05 06:37:38

प्रतिकृया दिनुहोस्