धेरै बकबक गरे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी

नागरिक

सिन्धुली– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्न सक्ने चेनावनी दिएका छन्। हिजो शनिबार मात्रै दुबइ भ्रमण गरेर स्वदेश फर्किएका दाहालले आइतबार रामेछापको खाडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने खैरेनीघाटस्थित सुनकोसी नदीमा नव निर्मित पक्की पुलको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

यो पनि पढ्नुस्

दाहालले राजाका दलालहरुले बकवास गर्न थालेको बताएका छन्। हिजोका राजा महाराजाका दलालहरुले संघीय लोकतान्त्रिक गणतन्त्रकाविरुद्धमा बकवास गर्न थालेका छन्, उनले भने ‘दुई चार दिन यता राजा महाराजाका पालामा मन्त्री भएकाहरुले संघीय लोकतान्त्रिक गणतन्त्रकाविरुद्धमा बकवास कुरा गर्दै हिडेका छन्।

हजारौ नेपालीहरुले ल्याएको गणतन्त्र रक्षा गर्न अझै लाखौं नेपालीले बलिदान दिनसमेत तयार हुने उनले बताए। ‘व्यवस्थानै परिवर्तन गर्छौ भनेर बकवास गर्नेहरुले बोली बन्द गरे हुन्छ, दाहालले भने, हामी भन्न चाहन्छौ, बकबास गर्नेको अझै थोरै समय बाँकी छ अब बुद्धि फिराएर जनतासँग मिलेर जनताले ल्याएको व्यवस्थालाई आत्मासाथ गरेर अगाडी बढ्न म सुझाव दिन चाहन्छु, आज मैले यतिमात्रै भनेको छु। दाहालले भने ‘मलाई अझै बढी भन्नुपर्ने बनाउने छैनौ भन्ने विश्वाससमेत लिएको छु, तपाइँहरुलाई अचम्म लाग्यो होला आज प्रचण्डले किन यस्तो भने भनेर तर हिजोका राजाले निरंकुशता लादेको समयमा भएका केहि मन्त्रीहरुले सरकार फेर्ने होइन सिस्टमनै फेर्ने बेला आयो भनेर भनेको सुनेपछि थोरै सुझाव दिएको हुँ’, उनले भने।

यो पनि पढ्नुस्

आत्मियता छ र त जीवन सुन्दर छ

प्रकाशित मिति: : 2019-08-04 21:29:26

प्रतिकृया दिनुहोस्