४५ देशबाट आयात मात्र भयो, निर्यात शून्य

तस्बिरः नेपाल न्यूज

मुलुकले आयातलाई सन्तुलन गर्ने गरी निर्यात गर्न नसकेको यथार्थ छदैछ। यसैबीच ठूलो संख्यामा रहेका देशसँग नेपालले आयात मात्र गरिरहेको छ, जहाँ एक रुपैयाँको सामान पनि निर्यात गर्न सकेको छैन।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले गत आर्थिक वर्षमा ४५ देशसँग सामान आयात मात्र गरेको छ। जहाँ एक रुपैयाँको पनि सामान निर्यात गर्न सकेको छैन।

मुलुकले गतवर्ष विश्वका एक सय ५८ भन्दा धेरै देशसँग व्यापार गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक व्यापार भएका यी मुलुकमध्ये अधिकांशसँग घाटाको व्यापार भइरहेको र ४५ देशसँग एकपक्षीय मात्र व्यापार भएको भेटिएको हो।

गतवर्ष मुलुकको व्यापार घाटा १३ खर्ब २१ अर्बबाट उकालो लाग्दा यी देशले उक्त घाटालाईमाथि लैजान सहयोग गरेका छन्। उक्त देशबाट आयातसँगै केही मात्रा भएपनि निर्यात गर्दै दुई पक्षीय व्यापार गर्न सकेको भए व्यापार घाटा कम गर्न केही सहयोग पुग्थ्यो।

ति मुलुकहरूबाट देशले दश अर्बदेखि एक लाख रुपैयाँ बराबरका सामान आयात गरेको छ।

aayat graph

सबैभन्दा धेरै आयात मात्र भएको मुलुक दक्षिण अमेरिकी देश अर्जेन्टिना छ। अर्जेन्टिनाबाट गतवर्ष मुलुकमा १० अर्ब ४५ करोड रुपैयाँको सामान आयात भएको छ।

प्रकाशित मिति: : 2019-08-04 07:15:05

प्रतिकृया दिनुहोस्