कश्मीरमा आक्रमणकाे त्रासदेखि सुडानमा अन्तरिम सरकार गठनकाे तयारीसम्म

एजेन्सि

भारतले कश्मीर छाड्न निर्देशन दिएपछि स्थानीय त्रसित

भारत प्रशासित कश्मीर क्षेत्रमा भारत सरकारले हिन्दु तिर्थालु तथा पर्यटकलाई तत्काल यस क्षेत्र छाड्न निर्देशन दिएपछि यहाँ त्रास र अन्योल सिर्जना भएको छ ।

शुक्रबार भारत सरकारले अप्रत्यासित रुपमा विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि उक्त क्षेत्रका बासिन्दा त्रसित बनेका हुन् । अमरनाथ गुफाको यात्रामा रहेका हिन्दु तिर्थालुलाई समेत लक्षित गर्दै उक्त क्षेत्र छाड्न निर्देशन दिएपछि उनीहरु समेत फर्किँदै गरेका छन् ।

भारतमा १९ वर्षीया किशोरीमाथि जन्मदिनकै बेला सामूहिक बलात्कार

भारतको मुम्बइस्थित चेम्बुरा एरियामा १९ वर्षीया किशोरीलाई चारजनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । प्रहरीले अभियुक्त चारैजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ती किशोरीलाई उनको जन्मदिनकै बेला चार अभियुक्तले बलात्कार गरेका थिए।

गत जुलाइ ७ मा साथीको घरबाट फर्किँदै गरेकी किशोरीमाथि सामूहिक अपराध भए पनि उनले सुरुमा कसैलाई भनेकी थिइनन् । पछि घाउको पीडाले रुन थालेपछि परिवारले नै थाहा पाइ उक्त घटना बाहिर ल्याएका हुन् । प्रहरीले अहिले उनीहरुविरुद्ध मुद्दा चलाएर चुनाभट्टी प्रहरी स्टेशनमा पठाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पहिलो अन्तर्राष्ट्रिय महिला खेलाडी भन्छिन: चीनमा रातारात कट्टु सिलाइयो

प्रकाशित मिति: : 2019-08-04 01:01:29

प्रतिकृया दिनुहोस्