भक्तपुरको इतिहास बिर्साउने घटना, २०४५ सालको भूकम्प र ह्योजुको हत्या

शिलापत्र

काठमाडौं

५ भदौ २०४५ आइतबारका दिन बिहान ४:५५ बजे पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु भएर ६.६ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूकम्पका कारण ७ सय १७ जनाको मृत्यु भयो भने ६ हजार ४ सय ४५ जना घाइते भए । भूकम्पले गर्दा २२ हजार ६ सय ६५ घरमा पूर्ण रूपमा क्षति पुग्यो भने ४२ हजार ४ सय ८० घर बस्न नमिल्ने गरी चर्किएका थिए । यस भूकम्पले सबैभन्दा बढी असर धनकुटा र धरानलाई गरेको थियो । 

धरान तहसनहस नै भएको थियो । भूकम्पमा परी सुनसरी जिल्लामा मात्र १ सय ३८ जनाको मृत्यु भएको थियो । ३ सय २७ जना गम्भीर घाइते तथा १ हजार ७ सय ९० जना सामान्य घाइते भएका थिए । धरानमा धेरै घर चर्किने तथा भत्किने नभए पनि धनकुटामा भने ३ हजार ३ सय ८७ घरमा पूर्ण रूपमा क्षति पुगेको थियो । भूकम्पको क्षतिले भन्दा जनमानसमा बसेको त्रासले धरानको लाहुरे समुदाय पलायन हुन थालेको थियो । इटहरी बजार चम्किनुको एउटा मुख्य कारण नै २०४५ सालको भूकम्प मानिन्छ ।  

सो भूकम्पले गर्दा काठमाडौंदेखि पूर्वका २७ जिल्लामा त्यसबेला तीन महिनाका लागि संकटग्रस्त क्षेत्र नै घोषित गरिएको थियो । तर, मृत्यु तथा घरको क्षति भने २२ जिल्लामा मात्र भएको थियो । यस भूकम्पपछि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको अध्यक्षतामा १३ जनाको केन्द्रीय उद्धार समिति गठन गरिएको थियो । यस समितिमा सात जना मन्त्रीहरू पनि थिए । 

प्रकाशित मिति: : 2024-08-26 14:37:00

प्रतिकृया दिनुहोस्