असईलाई इन्काउन्टर गर्ने विप्लव समूहको चेतावनी, एसपी के भन्छन्?

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक भैरव कुँवरलाई इन्काउन्टरको चेतावनी दिएको छ।

पार्टीका गतिविधि र नेता कार्यकताबारे सुराकी गरेको भन्दै कैलालीको बौनियाका कुँवरलाई सुराकी नरोके इन्काउन्टरको चेतावनी दिएको हो । विप्लव समूहका जनअदालत प्रमुख विकासद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुँवरलाई २५ दिनभित्र उपस्थित हुन चेतावनी दिइएको छ।

कैलालीका एसपी दक्ष बस्नेतले विप्लव समूहद्वारा जारी गरिएको भनिएको विज्ञप्तिबारे अनुसन्धान भइरहेको बताए । ‘सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छ, विज्ञप्ति सक्कली हो कि नक्कली हामी अनुसन्धान गरिरहेका छौँ’, उनले भने ।

प्रकाशित मिति: : 2019-08-03 16:37:37

प्रतिकृया दिनुहोस्