कांग्रेसमा शेखर र शशांकलाई क-कसको साथ?

नेपाली कांग्रेसको १३ औं महाधिवेशन आउन पाँच महिना बाँकी थियो।

तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्रीको कुर्चीबाट ओर्लिएको धेरै दिन भएको थिएन।

२०७२ असोज अन्त्यतिर कोइराला निवास महाराजगञ्जमा गुटको बैठक बस्यो।   

बैठकमा कोइराला गुटबाट सभापति को हुने विषयमा छलफल चल्यो। नेता रामचन्द्र पौडेलले भने- सुशीलजी, तपाईं  प्रधानमन्त्री हुनु हुँदैन। प्रधानमन्त्री हुनुभयो, संविधान बनाउनुभयो। अस्ति फेरि प्रधानमन्त्री हुन खोज्दा बदनामी भयो। अब म सभापति उठ्छु, मलाई सहयोग गर्नुस्।

पौडेलजस्तै अरू नेताहरूले पनि उक्त बैठकमा आ-आफ्ना दाबी पेस गरे।

कोइरालाले मनोनित गरेका महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा दाबी गरे- रामचन्द्रजीहरूले हुँदैन सुशील दा, तपाईंको स्वास्थ्य ठीक छैन, मलाई समर्थन गर्नुस्।

निर्वाचित महामन्त्री प्रकाशमान सिंहले पनि आफ्नो दाबी छोड्ने कुरै भएन।

उनले भने, ‘ सुशील दा लड्न हुन्न मैले भन्दिनँ। तर अब तपाईंको आशिर्वादमा म र शशांकको टिम बनाउनु पर्छ। त्यो सबैभन्दा राम्रो हुन्छ।’ 

सबैका कुरा सुनेपछि सभापति कोइरालाले भने, ‘ तपाईंहरूको कुरा मैले सुनें। अब जिल्ला अधिवेशनमा जानुहोस्। सकेसम्म हाम्रा धेरै साथिलाई जिताएर आउनुस्। तपाईंहरू फर्केपछि हामी फेरि बसेर टिम बनाउँला।’

सहमतिअनुसारै सबै जना जिल्ला गए।

जिल्लाको अधिवेशन सकेर नेताहरू काठमाडौं फर्किने दिन सभापति सुशील कोइरालाको निधन भयो।

सुशील बितेपछि कांग्रेसभित्रको बलियो कोइराला गुट मियोविहीन बन्यो। गुट छरियो।

नेपाली कांग्रेसमा त्यतिबेलासम्म दुई गुट थिए। शेरबहादुर देउवाको गुट र कोइराला परिवारको गुट।

कोइरालाको निधनपछिको महाधिवेशनमा ३ गुट भए।

देउवा, पौडेल र सिटौला आ-आफ्ना  गुट बनाएर  महाधिवेशनमा होमिए।

त्यो महाधिवेशनमा देउवाले सभापति जिते। प्रतिस्पर्धी गुटबाट शशांक कोइराला महामन्त्री बने।  

सुशील बाँचुन्जेल शेखरलाई अघि सारेका पौडेलले उनलाई छाडेर शशांकलाई महामन्त्रीमा उठाएका थिए। शशांकले नछाड्ने भएपछि शेखरले नै चुपचाप उनलाई छाडिदिएका थिए।

उत्तराधिकारी नछानी कोइरालाको बितेपछि सो गुटमा एकछत्र नेता कोही बन्न सकेको छैन। नेतृत्व लिने होड भने तीव्र छ। 

अहिले कांग्रेसमा १४ महाधिवेशनको चर्चा छ। सभापति देउवाको कार्याकाल आउने फागुनमा सकिँदैछ। त्यसपछि हुने  महाधिवेशनसम्ममा यो गुटको नेतृत्व कसको हातमा जाने टुंगो लाग्नेछ।

अर्को गुटबाट सभापति देउवाले यसपालि पनि चुनाव लड्ने मनस्थिति बनाएका छन्। कुनै समय देउवाबाट नेविसंघ अध्यक्षको उत्तराधिकार लिएका कांग्रेस नेता विमलेन्द्र निधिको पनि देउवाबाट नेतृत्व लिने चाहना छ। तर उनले देउवासँग प्रतिस्पर्धा गर्न भने चाहेका छैनन्। त्यो गुटभित्र अरू कसैले पनि उनलाई चुनौती दिने आँट गरेका छैनन्।

प्रकाशित मिति: : 2019-08-02 19:03:34

प्रतिकृया दिनुहोस्