द्वन्द्व प्रभावित काश्मिरको पवित्र गुफामा हिन्दु तीर्थयात्री पठाउँदै भारत

विवादित काश्मिर

भारतले सामुदायिक मेलमिलापको उदाहरण प्रस्तुत गर्न विवादित काश्मिरको एउटा पवित्र गुफामा हिन्दू तीर्थयात्री पठाइरहेको छ। हिउँले ढाकेका हिमालमा रहेको उक्त गुफा मुस्लिम बाहुल्यता भएको क्षेत्रमा पर्दछ।

काश्मिरलाई लिएर भारत र पाकिस्तानले दुई पटक युद्ध गरेका छन्। पाकिस्तानलाई आधार बनाएका लडाकूले गएको फेब्रुअरीमा भारतीय सेनामाथि त्यही तीर्थस्थल मार्गमा आत्मघाती विस्फोट भएपछि झण्डै तेस्रो विश्वयुद्ध पनि भयो।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको हिन्दू राष्ट्रवादी भारत सरकारले तीर्थ पर्यटनलाई विशेष जोड दिएका छन्। जनवरीमा भएको कुम्भ मेलामा दश करोडभन्दा धेरै भारतीय गंगा नदीमा स्नान गर्न आए। सरकारले मेला ठूलो धनराशी खर्च गर्योल।

पहलगाम क्षेत्रमा पर्ने अमरनाथ यात्राका लागि जम्मु काश्मिर राज्य सरकारले जुलाई १ देखि सुरू भएको ६ साता लामो कार्यक्रमका लागि सात करोड २० लाख अमेरिकी डलर लगानी गरेको छ।

“यो धार्मिक मेलमिलापको उत्कृष्ट उदाहरण हो,” अमरनाथजी श्राइन बोर्डका अतिरिक्त कार्यकारी प्रमुख अनुपकुमार सोनीले भने। बोर्डले नै तीर्थयात्रा आयोजना गर्दछ।
अमरनाथ गुफा वर्षैभरि हिउँले ढाकेको हुन्छ।

गुफाभित्र हिन्दू धर्मका भगवान् शिवको भौतिक स्वरूप भएको विश्वास छ। गेरू वस्त्र र गलामा गुफाको तस्वीर  धारण गरेका खाली खुट्टा हिँड्ने सन्यासीहरू ग्लेसियर र जलमग्न मार्ग हुँदै ४६ किलोमिटर यात्रा पूरा गर्छन्। उनीका लामा कोट लगाएका मुस्लिम कश्मिरी स्थानीय हिउँले पुरेको बाटो खोल्छन्। हजारौं भारतीय सैनिक सुरक्षाका लागि तैनाथ छन्।

बाटो एकदमै कठिन छ। यो वर्ष तीन लाख तीर्थालुले गुफाको यात्रा गरे। त्यहाँ पुग्ने चारमध्ये एक जनालाई उपचार गराउनु परेको छ। २४ जनाले ज्यान गुमाएका छन्। सरकारी तथ्याङ्क अनुसार हृदयाघात र उच्चरक्तचाप त्यसको प्रमुख कारण हो।

प्रकाशित मिति: : 2019-07-31 07:23:55

प्रतिकृया दिनुहोस्