यसरी हुन्छ वैदेशिक रोजगारीमा मानव बेचबिखन (भिडियाे)

फोटो: नागरिक

काठमाडाैं- आज मानव बेचबिखनविरुद्धको अन्तराष्ट्रिय दिवस। ‘मानव बेचबिखनः तपाइँको सरकारलाई कार्य गर्न बोलाउनुहोस्’ भन्ने नाराका साथ संसारभर यो दिवस मनाइँदै छ।

असुरक्षित वैदेशिक रोजगार वा स्थानान्तरणका कारण मानिसहरु बेचविखन तथा ओसारपसार र अन्य खालका जोखिममा परिरहेका छन्। असुरक्षित तवरले गरिने स्थानान्तरण र वैदेशिक रोजगारमा बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने सम्भावना बढी रहन्छ। विभिन्न प्रतिवेदनले वैदेशिक रोजगारी क्रमशः मानव बेचविखन तथा ओसारपसारको साधनको रुपमा दुरुपयोग हुने गरेको समेत औंल्याएका छन्।

वैदेशिक रोजगारमा जानेको संख्या बढ्दो अवस्थामा छ। रोजगारीका क्रममा विभिन्न प्रकारको शोषणमा परिरहनु परेको छ। कानुनी प्रक्रिया पूरा गरेर अथवा श्रम स्वीकृति लिएर जानेसँगै अवैध तरिकाले बाहिरिनेहरुको संख्या पनि ठूलो छ। विभिन्न बहानामा भारतको सिमाना पार हुँदै अथवा दिल्लीको बाटोबाट विभिन्न कामको खोजीमा वैदेशिक रोजगारका लागि विभिन्न देशमा जाने नागरिकको संख्या ठुलो छ।

अवैधरूपमा विदेशिनेहरु दिनदिनै दुःख पाइरहेका छन्, अप्ठेरोमा परिरहेका छन्, अङ्गभङ्ग भइरहेका छन् भने कतिपय त आफ्नै ज्यान नै गुमाइरहेको अवस्था छ। विदेशिइ सकेपछिको अवस्थामा विभिन्न अप्ठ्यारा अवस्था आइपर्ने गरेका छन्। जे कामका लागि गएको हो सो काम नपाउने, भनेको जति तलब नपाउने, तलव नपाए स्वदेश फर्कन्छु भन्दा पनि बधुँवा मजदुर भएर काम गर्नुपर्ने बाध्यतामा उनीहरुमा छ...

प्रकाशित मिति: : 2019-07-31 00:06:44

प्रतिकृया दिनुहोस्