सवारी साधन तथा पार्टपुर्जामा बाहिरियो ९१ अर्ब

गत आव २०७५/०७६ मा सवारी साधन तथा सवारीका पार्टपुर्जा आयात मात्रै ९१ अर्बभन्दा बढी रकम बाहिरिएको छ। नेपालले सवारी भारत तथा तेस्रो मुलुकबाट सवारी साधन र पार्टपुर्जा आयात गर्दै आएको छ। पछिल्लो समय सवारी साधनको केही पार्टपुर्जा भने नेपालमै उत्पादन हुन थालेको छन्। भन्सार विभागका अनुसार गत आवमा ९१ अर्ब १५ करोड ४८ लाख ७३ हजार रुपैयाँ बराबरको सवारी साधन तथा त्यसमा लाग्ने पार्टपुर्जा आयातमा खर्च भएको छ।

यसरी आयात भएका सवारी साधन तथा पार्टपुर्जाबाट सरकारले ८३ अर्ब ४० करोड ८४ लाख ३० हजार रुपैयाँ बराबरको राजस्व पनि संकलन गरेको छ। सरकारले सबैभन्दा बढी राजस्व पनि सवारी साधान आयातमा लिँदै आएको छ। निजी सवारी साधन आयातमा सरकारले २ सय ४० प्रतिशतसम्म भन्सार लिँदै आएको छ।

गत आवमा सवारी साधन तथा त्यसको पार्टपुर्जा आयातमा विदेसिएको रकम अघिल्लो आव २०७४/०७५ को भन्दा पनि बढी छ। गत आवमा कुल ८६ अर्ब ३१ करोड ५३ लाख ९३ हजार रुपैयाँ सवारी साधन तथा त्यसको पार्टपुर्जा आयातमा यसवर्ष वृद्धि भएको देखिएको हो। सवारी आयात बढेसँगै राजस्व संकलन पनि बढेको छ। अघिल्लो आवमा सरकारले ८० अर्ब २३ करोड ६८ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। गत आवका तुलनामा यसवर्ष सवारी साधन र त्यसका पार्टपुर्जा आयात रकममा झन्डै ५ अर्ब बढेसँगै राजस्व रकम झन्डै ३ अर्ब बढी भएको छ।

तर, अटो व्यवसायीले भने सरकारको नीतिका कारणमा सवारी साधनको बिक्रीमा कमी भएको बताउँदै आएका छन्। भन्सारको यो तथ्यांकले व्यवसायीले सवारी बिक्रीमा कमी भइरहेको बताएपनि आयात रकम भने बढेको पुष्टि गरेको छ। 

प्रकाशित मिति: : 2019-07-29 16:50:47

प्रतिकृया दिनुहोस्