नयाँ अध्ययनः करेसाबारीमा काम गर्दा हुन्छ जिम जानु जत्तिकै कसरत

Agency

सातामा १५० मिनेट कसरत गर्न निकै समस्या भइरहेको होला होइन? जिममा त्यत्रो समय कसरी बिताउने? बगैंचा छ नि।

चीन, टेक्सास, नर्थ क्यारोलाइना लगायत विश्वभर गरिएको एउटा अध्ययनले केही सजिलो र अझ रमाइलो उपाय निकालेको छ। फुर्सदको समयमा गरिने शारीरिक क्रियाकलापलाई उनीहरूले अध्ययन गरे।

कुन सातामा कति पटक वा कति मात्रामा सहभागी त्यस्ता गतिविधिमा संलग्न भए, त्यसको लेखाजोखा राखियो। यसलाई उनीहरूले “लिजर टाइम फिजिकल एक्टिभिटी” भने। त्यसबाट निस्किएको तथ्याङ्कलाई उनीहरूले श्वासप्रश्वास तथा मुटुरोग र क्यान्सर लगायत विभिन्न प्राणघातक रोगको जोखिमसँग तुलना गरे।

यो अध्ययन अनौठो छ किनभने अध्ययन पूरा हुन ११ वर्ष लागेको छ र करिब ९० हजार सहभागी भएका छन्। सम्पूर्ण डाटा सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको ‍वार्षिक नेसनल हेल्थ इन्टरभ्यु सर्भेबाट आएको हो।

त्यो फुर्सदको समयमा गरिने शारीरिक गतिविधिमा जिम जानेबाहेक रमाइलो लाग्ने सबै कार्य पर्दछन्। जस्तै: बगैंचाको स्याहार, नृत्य, वा सामान्य हिडाइँ। निष्कृय जीवनको तुलनामा यस्ता गतिविधि सातामा १० देखि ५९ मिनेट मात्रै गर्दा पनि सबै किसिमका मृत्युदर १८ प्रतिशत घटेको देखिन्छ। 

प्रकाशित मिति: : 2019-07-29 06:44:50

प्रतिकृया दिनुहोस्