बौरेला त नेपाली कांग्रेस !

गोविन्द अधिकारी

त्ताले सधैँजसो ‘प्रधान शत्रु’ ठानेको र भनेको नेपाली कांग्रेस अहिले ‘अर्धमूच्र्छित’ देखिएको छ । (कांग्रेस सरकारमा हुँदा पनि सत्ता उसको नभएको स्पष्ट प्रमाण त २०५८ को होलेरी काण्ड नै हो ।) पदाधिकारीको चहलपहल र विश्व भ्रमण हेर्दा कांग्रेसलाई ‘अर्धमूच्छित’ भन्नु अलि नमिल्ने देखिएला । तर, केही प्रश्नहरूको उत्तर नखोजी कांग्रेसलाई जीवन्त राजनीतिक दल भन्न पनि मिल्ने देखिँदैन । 

कांग्रेसभित्र सक्कली कांग्रेस छन् ?

के अहिलेको कांग्रेस त्यही पुरानै ‘विद्रोही’ नेपाली कांग्रेस हो ? कांग्रेसभित्र कांग्रेसजन कति छन् ? अहिले कांग्रेसका हर्ताकर्ता भनिएकाहरू सक्कली कांग्रेस हुन् भने यिनीहरूभन्दा बेग्लै देखिने पुराना कांग्रेसहरू के हुन् ? कांग्रेस नेताका रूपमा अब रामहरि जोशी, भीमबहादुर तामाङहरूको अनुहार सम्झने कि उमेशलाल र जिप छिरिङहरूलाई सम्झने ? पार्टीमा भएका कांग्रेसजनको पार्टी संगठन र निर्णयमा कुनै प्रभाव वा अस्तित्व देखिन्छ ? 
प्रकाशित मिति: : 2019-07-28 11:55:43

प्रतिकृया दिनुहोस्