राष्ट्रिय गौरवका आयोजनाको नालीबेली: कतै २ सय प्रतिशत खर्च, कतै २१ प्रतिशत मात्र

सरकारले पहिलो पटक आर्थिक वर्ष २०६८-०६९ देखि विभिन्न दृष्टिले महत्वपूर्ण देखिएका १७ वटा आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गरेको थियो ।

आर्थिक वर्ष २०७०-०७१ मा थप गरिएका चार र २०७४-०७५ मा एक गरी अहिलेसम्म राष्ट्रिय गौरवका आयोजना २२ वटा रहेका छन् । यी आयोजनाहरुको लागि बजेट विनियोजनमा प्राथमिकता र सुनिश्चितता गर्दै उच्च तहबाट नियमित सघन अनुगमन गरी समस्या देखिएमा तत्कालै समाधान गर्ने सरकारी भनाइ छ ।  केही आयोजनाको काम सन्तोषजनक छ भने केही वर्षौंसम्म रुमल्लिएका छन् ।

गएको आर्थिक वर्षमा पनि राष्ट्रिय गौरवका पश्चिम सेती बाहेक २१ वटा आयोजनाको लागि ८८ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ छट्याएकोमा ७८ अर्ब ८३ करोड २१ लाख रुपैयाँ मात्रै  अर्थात ८९ प्रतिशत रकम खर्च भएको छ । विनियोजन गरिएभन्दा धेरै खर्च गरेका आयोजनालाई रकमान्तर गरेर बजेट दिइएको छ ।

गएको आर्थिक वर्षमै सकिने भनिएका माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम पूरा भएन । मेलम्ची आयोजनाको त ठेकेदार कम्पनी नै भाग्यो  ।

गएको वर्ष राष्ट्रिय गौरवका आयोजनाको  लागि छुट्याइएको बजेट र खर्च:

सिक्टा सिँचाइ आयोजना

बाँकेको अगैयामा राप्ती नदीमा बाँध निर्माण गरी राप्ती पश्चिम दायाँतर्फ ३३ हजार ७ सय ६६ हेक्टर एवं राप्ती पूर्व बायाँतर्फ ९ हजार हेक्टर गरी कुल ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य रहेको छ । आर्थिक वर्ष २०६१-०६२ मा शुरु भएको यो आयोजना आर्थिक वर्ष २०७१-७२ मा सम्पन्न हुने लक्ष्य राखिएकोमा सम्पन्न हुन नसकेकापछि २०७६-७७ मा सम्पन्न हुने गरी म्याद थप गरिएको छ । आयोजनाको शुरुमा १२ अर्ब ८० करोड लागत अनुमान गरिएकोमा अहिले बढेर २५ अर्ब पुगेको छ । 

प्रकाशित मिति: : 2019-07-24 17:07:08

प्रतिकृया दिनुहोस्