विश्वसम्पदा सूचीमा अटाउला जनकपुर?

जनकपुरधाम

काठमाडौं ।  रामायणकालीन धार्मिक तथा सांस्कृतिक महŒव बोकेको जनकपुरधाम विश्वसम्पदाको सूचीमा सूचीकृत हुने विषयले चर्चा पाएको छ । चर्चासँगै सूचीमा पर्ला या नपार्ला भन्ने विषय राष्ट्रिय महŒवको मुद्दा बनेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका अन्य सम्पदाहरू सूचीबाटै हट्ने सम्मको चर्चा चलिरहेको सन्दर्भमा जनकपुरलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रयासले भने निरन्तरता पाएको छ ।

यसका लागि विश्वसम्पदा स्थलको सम्भाव्य सूचीमा रहेका जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसुस गरिएको छ । यस क्षेत्रमा अद्वितीय सांस्कृतिक परम्परा जीवन्त रूपमा विद्यमान रहेकाले सांस्कृतिक विश्वसम्पदामा सूचीकृत गराउन प्रक्रियागत रूपमा क्षेत्रको कानुनी जिम्मेवारी र सरोकारवालाको दायित्वबारे स्पष्टताको खाँचो देखिएको हो ।

राज्यले नेपालका १५ वटा सम्पदालाई सम्भाव्य सूचीमा समावेश गरी युनेस्कोमा पठाइसकेकामध्ये जनकपुर पनि एक हो । राज्यले आगामी वर्षमा विश्व सम्पदा सूचीमा मनोनयन गर्न चाहेका सर्वश्रेष्ठ विश्वव्यापी महŒव भएका सांस्कृतिक सम्पदाको नाम सम्भाव्य सूचीमा समावेश गर्ने अवधारणाअनुरुप जनकपुर क्षेत्रको रामजानकी मन्दिरलाई सम्भाव्य सूचीमा समावेश गरेको हो । पुरातŒव विभागका अनुसार हालसम्म विश्वका १६३ देशका एक हजार ३१ स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छन् । तीमध्ये नेपालका चारवटा रहेका छन् ।

युनेस्कोले सन १९७९ मा दुई सांस्कृतिक (काठमाडौं उपत्यकाका सात र लुम्बिनी) र दुई प्राकृतिक सम्पदा (सन् १९७९ मा सगरमाथा राष्ट्रिय निकुञ्ज र सन १९८४ मा चितवन राष्ट्रिय निकुञ्ज)लाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ ।

पुरातŒव विभागले संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय र विभागले जनकपुरलाई विश्वसम्पदामा सूचीकृत गराउनका लागि दुई वर्षदेखि आन्तरिक तयारी गरिरहेकोे जनाइएको छ । 

प्रकाशित मिति: : 2019-07-23 06:38:49

प्रतिकृया दिनुहोस्