नेकपाको एकता: स्कुल विभागको नेतृत्वमा एमाले कि माओवादी?

तस्बिरः देशसञ्चार

काठमाडौँ- अधिकांश विभागमा मौखिक सहमति बनेपनि स्कुल विभागको नेतृत्वमा भएको खिचातानीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकताले तत्कालका लागि आंशिक औपचारिकता मात्र पाउने संकेत देखा परेको छ।

स्कुल विभागको नेतृत्व त्यसका दुई प्रमुख दाबेदार इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठमध्ये कसलाई दिने भन्नेबारे पार्टी नेतृत्वमा बहस भइहरेको छ।

र, आइतबार ११ बजे निर्धारित पार्टीको केन्द्रीय सचिवालय बैठकले त्यसलाई अन्तिम रुप दिन नसकेमा पार्टी एकताले थप अरु केही दिन लिन सक्ने पार्टीको उच्च तहका एक नेताले देशसञ्चारसँग बताएका छन्।

वास्तवमा स्कुल विभागको नेतृत्वलाई लिएर पोखरेल र श्रेष्ठबीचको अडानले पूर्व नेकपा एमाले र माओवादीकैबीच पनि प्रतिश्पर्धाको रुप लिएको ।

पार्टीको महत्वपूर्ण र शक्तिशाली मानिएको संगठन विभागको प्रमुखमा अध्यक्ष केपी ओलीसँग पछिल्लो समय असन्तुष्ट बनेका बामदेव गौतमले पाउने निश्चित छ ।

यस्तै पार्टीको विदेश विभागको नेतृत्व गर्न वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल सहमत भएका छन्।

प्रकाशित मिति: : 2019-07-20 17:55:22

प्रतिकृया दिनुहोस्