अन्तर्वार्ता जंक फुड ख्वाउनु हुन्न भन्ने थाहा छ, तैपनि खुवाइरहेका छन्

हेलेन केलरको अनुसन्धानमा संलग्न नेपाली डाक्टर अतुल उपाध्याय | तस्वीर:इन्द्रसरा खड्का

काठमाडौं, साउन ४ : पोषण सम्बन्धी अन्तर्राष्ट्रिय जर्नल न्यूट्रिशनमा हालै प्रकाशित एक रिपोर्टमा नेपालबारे केही चिन्ताजनक तथ्याङ्कहरू छन्। जस्तै – दुई वर्षमुनिका नेपाली बालबालिकाहरूले आफूलाई चाहिने एक चौथाई क्यालोरी जंक फुडबाट पाइरहेका छन् र यसैले  उनीहरू कुपोषण र पुड्कोपनाको शिकार हुँदैछन्। 

यो रिपोर्ट हेलेन केलर इन्टरनेशनल नामक संस्थाले काठमाडौं उपत्यकाका १२ देखि २३ महिनाका ७ सय ४५ केटाकेटीमा गरेको अनुसन्धानमा आधारित छ। हेलेन केलरको अनुसन्धानमा संलग्न नेपाली डाक्टर अतुल उपाध्यायसँग काठमाडौं प्रेसले गरेको अन्तर्वार्ताको सम्पादित संक्षेपः

यो अनुसन्धानको पृष्ठभूमि बताइदिनुहोस् न ! 

सन् २०१४ मा हामीले काठमाडौंमा स्तनपानको अवस्था बुझ्न केही ठूला अस्पतालहरूमा अनुसन्धान गरेका थियौँ। त्यो अनुसन्धानमा करिब ५७ प्रतिशत आमाहरूले बच्चा जन्माएको तीन दिनसम्म आमाको दूधको साटो अरु नै चिज खुवाउने गरेको पायौँ। आमाको दूध नआएको र बच्चा रोएकाले त्यसो गर्नुपरेको पनि थाहा पायौँ । 

नेपालमा आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तुको विक्री वितरण गर्न नपाइने एने २०४९ सालमै आएको थियो। तर, त्यसबारे अहिले पनि धेरैलाई थाहा छैन। हामीले स्वास्थ्य मन्त्रालय, त्यतिखेरको बाल स्वास्थ्य महाशाखा र अहिलेको परिवार कल्याण महाशाखासँग समन्वय गरी नेपालभरका सरकारी अस्पतालमा कार्यरत डाक्टर र नर्सहरूलाई त्यसबारे जानकारी गरायौँ। दूध नआउने कारणहरूबारे पनि जानकारी दियौँ। त्यतिखेर के पनि फेला पारेका थियौँ भने २ वर्षमुनिका बालबालिकाले अत्यधिक मात्रामा बजारमा उपलब्ध जंक फुड खाइरहेका छन्। जंक फुडले असर गर्छ भन्ने त हामीलाई सामान्यतयाः थाहा भएकै कुरा हो, तर कसरी र कति गर्छ भन्ने थाहा थिएन। त्यही असरहरूबारे बुझ्न हामीले ७ सय ४५ जना १२ देखि २३ महिनाका बालबालिकामा जंक फुडको असरबारे अनुसन्धान गरेका हौँ।

प्रकाशित मिति: : 2019-07-20 17:39:15

प्रतिकृया दिनुहोस्