विश्वबन्धु थापाको अनुभव : महेन्द्रसँग मन्त्री हुने मानिसै रहेनछन्, यत्तिकै 'कु' गरे [भिडियोसहित]

खैरो रङको कमिज। सेतो सुरुवाल। कालो फ्रेमको चस्मा। तालु पछाडि सेतै फुलेको छोटो कपाल। चाउरिँदै गएको अनुहार। ९२ वर्ष टेक्दै गर्दा पनि विश्वबन्धु थापाको चमक उस्तै छ। उनी इतिहासका एकएक घटना सम्झिन सक्छन्। घरी उत्साहित हुन्छन्, घरी आक्रोशित।

२०१५ सालको पहिलो संसद् अर्थात् प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक थापा सक्रिय राजनीतिबाट भने 'रिटायर्ड' भइसके। बिपी कोइरालाका विश्वासपात्र मानिएका थापाको राजनीति २०१७ पुस १ मा राजा महेन्द्रले ‘कु’ गरेपछि कांग्रेसबाट पञ्चायततिर ढल्कियो। राष्ट्रिय पञ्चायतको योजनाकारका रुपमा समेत चिनिने उनी महेन्द्रले ‘कु’पछि बनेको मन्त्रिमण्डलमा गृहमन्त्री बने। २०२० सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष र त्यसको एक वर्षपछि मन्त्रिपरिषद्को उपाध्यक्ष भए। 

राजा महेन्द्रले 'कु' गरी कांग्रेसका सबैजसो नेतालाई थुन्दा थापा भने बाहिरै रहे। केही समयपछि भने उनी पनि जेल नै पुगे। राजा महेन्द्रको शासन व्यवस्थाका उनै साक्षी थापाले नेपाल लाइभकी पुष्पा केसीलाई राजा महेन्द्रसँग जोडिएका केही अनुभव सुनाएका छन्।

OOO

राजा भएको प्रजातान्त्रिक मुलुकमा राजाले प्रधानमन्त्री खोज्छन्, आफूले भनेको मान्ने मान्छेलाई। बेलायत र अरु देशमा पनि त्यस्तो छ। कहीँ बोल्छन्, कहीँ बोल्दैनन्। फरक त्यत्ति हो। 

यहाँका राजाले आफूले भनेको मान्ने मान्छे खोजेका थिए। अर्को त, भारतले पनि हामीकहाँ प्रभाव पारिरहेको हुन्छ। सबै सहमति भारतसँग मिलेर गर्ने। शासक भएपछि सबै आफ्नो मनले गर्छु भन्यो भने उसलाई चित्त बुझ्दैन। 

प्रकाशित मिति: : 2019-07-19 22:31:07

प्रतिकृया दिनुहोस्