सरकारी श्रेस्तामै छैन मेची राजमार्ग

मेची राजमार्ग निर्माण सम्पन्न भएर सवारी साधन चल्न थालेको ३ दशक बित्यो। तर, अझै पनि राजमार्ग आसपासमा बसोबास गर्ने स्थानीय सडकको मालपोत तिर्न बाध्य छन्। निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि सरकारले राजमार्गको सडक क्षेत्रको लगतकट्टा गरेको छैन। झापाको केचनाकवलदेखि ताप्लेजुङ फक्तालुङ गाउँपालिकाको घारिल्लासम्म २२८ किलोमिटर क्षेत्र मेची राजमार्ग रहेको छ। सरकारको निर्णयअनुसार केचनादेखि घारिल्लासम्म ट्रयाक खोल्ने काम धमाधम भइरहेको छ। नयाँ निर्माणाधीन सडकको कुनै पनि भाग लगतकट्टा भएको छैन। राजमार्गको आसपासमा ठूलाठूला बजार रहे पनि अझै उनीहरूको लगतकट्टा हुन नसक्दा तिरो तिर्नुपरेको सूर्योदय नगरपालिकाका प्रभाकर प्रधान बताउँछन्।

प्रकाशित मिति: : 2019-07-18 23:38:21

प्रतिकृया दिनुहोस्