सामाजिक सञ्जालमा सारी लगाएका र बूढो देखिने तस्बिर हाल्ने होड

तस्बिरः बिबिसी

अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच दुई किसिमका तस्बिर राख्ने प्रतिस्पर्धा चलेको छ।

सबै उमेरका महिलाहरूले सारी लगाएको आफ्ना तस्बिर प्रेषित गरिरहेका छन्।

उमेर बढ्दै जाँदा मानिसलाई युवावस्थाको स्मृतिले रोमाञ्चक बनाउने भए पनि युवायुवती तथा अधबैँसे उमेरका प्रयोगकर्ताहरू आफ्नो बुढ्यौलीको रूप सार्वजनिक गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुषहरू छन्।

वृद्धावस्थाको तस्बिर बनाउन एउटा एप प्रयोग हुने गरेको छ।

फेसएप नामको एपमा मानिसहरूको अनुहार सम्पादन गरेर चाउरी परेको देखाउन, दाह्री र केश सेतो बनाइ र नभएको दाह्री थरीथरीका शैलीमा थप्न मिल्छ।

सारी लगाएको र बुढ्यौलीको रूप बनाएको तस्बिर हाल्ने होडप्रति अरू प्रयोगकर्ताले भने व्यङ्ग्य गरेका छन्।

सारीमय सञ्जाल

नेपाली महिलाहरूको पहिला सामान्य रूपमा लगाउने सारी हिजोआज विशेष समारोहमा सीमित हुँदै गएको पाइन्छ।

तर सामाजिक सञ्जाल अहिले सारीमय भएको छ।

साउने सङ्क्रान्ति सुरु नहुँदै एकाएक ट्विटर र फेसबुकमा सारी लगाएको तस्बिर हाल्ने लहर सुरु भयो।

सारीमा सजिएका महिलाहरूले आफ्ना नयाँ तथा पुराना तस्बिरहरू प्रेषित गरे।

प्रकाशित मिति: : 2019-07-18 15:52:45

प्रतिकृया दिनुहोस्