क्रान्ति नेपालको, टक्कर भारत र बेलायतको

तस्बिरः देशसञ्चार

६ नोभेम्बर १९५० मा राजा त्रिभुवन राजगद्दीका उत्तराधिकारीहरू युबराज महेन्द्र र जेठो नाती राजकुमार वीरेन्द्र सहित भारतीय राजदूतावासमा एक्कासी शरण लिन गए ।

नोभेम्बर १० १९५०मा भारतीय राजदूतावासको सहयोगमा राजा त्रिभुवन सपरिवार दिल्ली गए।

त्रिभुवन दिल्ली उडे लगत्तै भारतीय  प्रधानमन्त्रीको विशेष मौखिक सन्देश लिएर भारतीय राजदूत चन्देश्वरप्रसाद नारायण सिंहप्रधानमन्त्री मोहन शमशेरलाई  भेट्न पुगे र दिल्लीमा राजा त्रिभुवन लाई कुनै पनि राजनीतिक गतिविधिमा भाग लिननदिइने आश्वासन दिए (१ )

लगत्तै नेपाली काङ्ग्रेसले सशस्त्र विद्रोह सुरु गर्यो ।मोहन शमसेरले विजय शमशेर र केशर शमसेरलाई  नेपाल सरकारको प्रतिनिधिको रूपमा भारत पठाए ।तर नेपाल सरकारका प्रतिनिधिहरूको वार्ता भारत सरकारका अधिकारीहरूसँग मात्रै भयो।

शुरु शुरुमा  भारतीय अधिकारीहरूले नै राजा त्रिभुवन, नेपाली काङ्ग्रेस र स्वयम् भारत सरकारको प्रतिनिधिको रूपमा विजय शम्सेर र केशर शमसेरहरूसँग वार्ता गरेका थिए। (२)

प्रकाशित मिति: : 2019-07-18 15:44:41

प्रतिकृया दिनुहोस्