त्रिवि केन्द्रीय पुस्तकालयकै कन्तबिजोग, विद्यार्थीलाई पढ्ने ठाउँ नै छैन

कीर्तिपुरमा अवस्थित त्रिवि केन्द्रीय पुस्तकालय

त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पुस्तकालयमा पर्याप्त ठाउँ नहुँदा पढ्न आउने विद्यार्थी संख्या घटेको छ।

२०७२ सालमा भूकम्पले पुस्तकालय भवनमा क्षति पुगेको थियो। पुस्तकालयका केही कोठामा असर पुर्‍याएको थियो।

पुस्तकालय प्रमुख यन्द्रप्रसाद अधिकारीले विगतको तुलनामा भूकम्पपछि अध्येताको संख्या घटेको बताए।

‘यसको मुख्य कारण पुस्तकालयमा पर्याप्‍त ठाउँ नहुनु हो। बस्ने ठाउँ नै नभएपछि विद्यार्थी आउने कुरै भएन,’ उनी भन्छन्।

पुस्तकालयमा अध्ययनका लागि दैनिक ५ सयदेखि १ हजारसम्म विद्यार्थी आउने गरेका उनले जानकारी दिए।

‘ती सबैलाई पढ्न पुग्ने ठाउँ नै छैन,’ उनले थपे।

अधिकारीले आफूले पुस्तकालयको समस्याबारे विश्वविद्यालय अनुदान आयोगलाई बारम्बार खबर तथा प्रतिवेदन बुझाए पनि कुनै चासो नदेखाएको गुनासो गरे।

‘प्रतिवेदन बुझाएको एक वर्ष बितिसक्यो, आज हुन्छ, भोलि हुन्छ भनेर पन्छाउने काम भएको छ,’ उनले भने।

त्रिवि पुस्तकालयमा पढ्न आउने अध्येता घटेका छन्, जसको मुख्य कारण पुस्तकालयमा प्रयाप्त ठाउँ नहुनु हो। 

कीर्तिपुरमा अवस्थित त्रिवि केन्द्रीय पुस्तकालय देशकै ठुलो पुस्तकालय हो। ‘२०१६ सालमा १२ सय किताबबाट सुरु पुस्तकालयमा अहिले करिब ४ लाख पुस्तक संग्रह गरिएको पुस्तकालय प्रमुख अधिकारीले जानकारी दिए।

पुस्तकालयमा दुलर्भ तथा ऐतिहासिक महत्व बोकेका पुस्तकका साथै साहित्य, भाषा, सस्कृति, इतिहास, दर्शन, विज्ञानका पुस्तक, अन्तर्राष्ट्रिय जर्नल, पत्रपत्रिका, थेसिस संग्रहित छन्।

अधिकारीका अनुसार केन्द्रीय पुस्तकालयलाई कम्प्युटराईज गर्ने, रेडियो फ्रिक्वेन्सिमा लैजाने, पाठकलाई अनलाईन सेवा दिने, ऐतिहासिक महत्व बोकेका पुस्तकलाई डिजीटलाईट गर्ने, थेसिसलाई संग्रहित गर्ने, रचना चोरी हुन नदिन सफ्टवयर बनाउने र अन्तर्राष्ट्रिय डाटाबेसको सदस्य बनेर आवश्यक लेखरचना उपलब्ध गराउने योजना अघि सारिएको छ। तर, आवश्यक स्रोध साधनको अभावले समस्या थपिएको उनले बताए।

पस्तक चोरीको समस्या टर्‍यो

पुस्तकालयमा जडान गरिएका सिसीटिभी क्यामेराले गर्दा पहिलेजस्तो पुस्तक चोरी हुने समस्या छैन।

तर, दक्ष जनशक्‍ति र कर्मचारी अभावले अत्याधुनिक सेवा भने सहज रूपले उपलब्ध गराउन नसकिएको पुस्तकालयका प्रमुख अधिकारीले स्वीकारे।

प्रकाशित मिति: : 2019-07-18 10:17:11

प्रतिकृया दिनुहोस्