सरकारी स्कुलले नै मास्यो केटाकेटी खेल्ने जग्गा

पचली भैरवको जग्गामा स्कुलले बनाउँदै गरेको नयाँ भवन। तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटीपचली भैरवको जग्गामा स्कुलले बनाउँदै गरेको नयाँ भवन। तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी

गत साता लगातार पानी पर्याे। खोला-नदी किनारका मान्छे आफ्नो ज्यान र सरसामान जोगाउन लागिपरे। टेकु बागमती डिलमाथिको एउटा सामुदायिक स्कुलमा भने झरीको कुनै पर्वाह थिएन।

श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको प्रांगणमा खटिएका मजदुरहरू छिटोछिटो काम सक्ने ध्याउन्नमा भवन ठड्याइरहेका थिए।

यो काम यति तीव्र छ, भवनको जग खन्ने, पिलर हाल्नेदेखि लिएर पर्खाल लगाउनेसम्मको काम चार–पाँच दिनको अन्तरालमै भइसकेकाे छ।

भवन स्कुलले नै बनाएको हो, तर जग्गा उसको होइन। नजिकैको पचली भैरव मन्दिरको हो। प्राथमिक स्कुलका साना केटाकेटीलाई खेल्न होस् भनेर मन्दिर गुठीले दिएको।

कुनै समय यो जग्गामा पोखरी थियो। त्यो सुकेपछि खाली चउर गुठीले स्कुललाई भोगचलन गर्न दिएको गुठीयारहरू बताउँछन्। यसरी दिइएको जग्गामा आफूहरूलाई खबरै नगरी स्कुलले धमाधम भवन बनाएको गुठीयारहरूको भनाइ छ...

प्रकाशित मिति: : 2019-07-18 01:35:00

प्रतिकृया दिनुहोस्