किन हुन्छ बाढीका कारण नेपाल-भारत सम्बन्धमा तनाव

फोटो: GETTY IMAGES

विवादास्पद अन्तरसीमा जलव्यवस्थापन सन्धिहरू - कतिपय त दशकौँ पुराना - तथा नयाँ आयोजना सुरु गर्न हुने अन्तहीन ढिलाइ यसका निम्ति जिम्मेवार छन्।

तर पछिल्ला समयमा दुई देशको सम्बन्ध बर्खायाममा अझ बिग्रन थालेको छ।

यस वर्ष बाढीले सीमाको दुवैतिर एवं बाङ्ग्लादेशमा समेत दर्जनौँ मानिस मारिएका छन्।

भारत र नेपालबीच झन्डै १८ सय किलोमिटर लामो खुला सीमा छ।

नेपालबाट छ हजारभन्दा धेरै नदीनाला बगेर उत्तर भारत पुग्छन्। तिनले सुख्खा याममा गङ्गा नदीको जलप्रवाहमा ७० प्रतिशत योगदान दिन्छन्।

त्यसैले जबजब यी नदीमा जलप्रवाह अधिक हुन्छ तबतब बाढीको पानीले नेपाल र भारतका समथर भूमिमा विनाश ल्याउँछ। हालसम्म हुने गरेको त्यही हो...

प्रकाशित मिति: : 2019-07-16 22:55:39

प्रतिकृया दिनुहोस्