आईफा अवार्ड नेपालमा गर्न सरकार अझै प्रयासरत

भारतको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ नेपालमा आयोजना गर्ने प्रयास अझै सरकारले जारी राखेको पाइएको छ । संसदीय समितिले निर्देशन दिएपछि पर्यटन बोर्डका सीईओ दिपकराज जोशीले अवार्ड स्थगित गरिएको सञ्चारमाध्यमलाई बताएका थिए ।

तर, अहिलेसम्म सरकारले आइफाको आयोजक विजक्र्याफ्ट इन्टरनेसनल प्रालिलाई यस सम्वन्धि निर्णय सुनाएको छैन । विजक्राफ्ट नेपालमै अवार्ड आयोजना हुनेमा ढुक्क छ । कम्पनीको एउटा टोली यसै साता काठमाडौं आएर भारत फर्किएको छ ।

प्रकाशित मिति: : 2019-07-13 08:33:30

प्रतिकृया दिनुहोस्