एकोहोरो टीभी हेर्दा हृदय रोगको सम्भावना, चार घण्टाभन्दा बढी हेर्नु हानिकारक

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीले मानव स्वास्थ्य, यसको हेरचाह, के गर्ने–के नगर्नेमात्र होइन स्थापित मान्यताबारे समेत अनुसन्धान गर्दै आएको छ । हामीले धेरै अघिदेखि अपनाउँदै आएका स्वस्थ रहने तरिका नै अनुपयुक्त रहेका थुप्रै घटना छन् । उक्त विश्वविद्यालयले हालै एक अनुसन्धान गरेर नतिजा बाहिर ल्याएको छ । टेलिभिजन हेर्दा आरामसँग बस्नेलाई हृदय रोगको जोखिम बढी हुन्छ । जबकि, टीभी हेर्दाहेर्दै स–साना व्यायाम गर्नेलाई यस्तो जोखिम कम हुन्छ । 

टीभी प्रायः कोठामा बसेर हेरिन्छ । आरामसँग सोफामा वा ओछ्यानमा बसेर चार घण्टाभन्दा बढी टीभी हेर्नेलाई हृदय रोगको सम्भावना अधिक भएको अध्ययनले पत्ता लगाएको छ । टीभी हेर्दा पनि स–साना (सरल) वा कठोर (हेभी) एक्सरसाइज गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ । विशेषगरेर गृहिणी महिलामा लामो समय टीभी हेर्ने आदत हुन सक्छ । घरको काम सकेर समय बिताउनकै लागि टीभीमा आश्रित हुने धेरै मानिस छन् । टीभी हेर्दा समयसमयमा उठ्ने, हातखुट्टा तन्काउने वा हिँड्ने काम गर्नुपर्छ । 

प्रकाशित मिति: : 2019-07-11 07:06:26

प्रतिकृया दिनुहोस्