आठ जनाको हत्या अभियोगमा पक्राउ परेका नसिम खाँ की सांसद श्रीमतीको यस्तो छ नागरिकता ‘लफडा’

तस्बिरः रातोपाटी

बुटवल– प्रहरीले कपिलवस्तुका जावेद वादशाह भनिने नसिम खाँ मुसलमानलाई पक्राउ गरेसँगै उनकी श्रीमती सांसद फौजिया नसिमको ‘दोहोरो नागरिकता’ प्रकरण चर्किएको छ ।

संसाद फोजियानले दोहोरो नागरिता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा यसअघि नै उजुरी नै परेको थियो । सांसद नसिमको नागरिकताबारे उजुरी परे पनि छानविनमा अलमल भइरहेका बेला श्रीमान् खाँ पक्राउ परेसँगै उनको नागरिकता प्रकरणले स्थानीयदेखि संघीय संसदमा प्रवेश पाएको हो ।

तत्कालिन नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य फौजियान  नासिमको नागरिकता चाँडो छानविन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दबाब पर्न थालेको छ । कपिवस्तु मायदेवी गाउँपालिका वडानम्बर ४ का अध्यक्ष फतेह मोहम्मदले नासिमले झुटो विवरण पेश गरेर नागरिता लिएको भन्दै तत्काल छानविन गर्नुपर्ने बताए । स्थानीय तहमा मात्रै नभई प्रतिनिधि सभाका सांसदले समेत सांसद नासिमको नागरिकता छानविनको माग गरेका छन् ।

आइतबार बसेको बैठकको विशेष समयमा नेपाली काँग्रेसका सांसद दीलेन्द्रप्रसाद बडुले प्रदेश नम्बर ५ का प्रदेश सांसद फौजियानको नाममा दोहोरो नागरिकता रहेको भन्दै छानबिन प्रकृया अघि बढाउन माग गरे ।

प्रकाशित मिति: : 2019-07-10 11:25:47

प्रतिकृया दिनुहोस्