समायोजन छल्न नक्कली 'मेडिकल रिपोर्ट'को सहारा लिँदै स्वास्थ्यका कर्मचारी

सविना खनाल

काठमाडौं : पछिल्लो समय स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजनलाई द्रूतरूपमा अगाडि बढाइर रहेको छ। केही समयअगाडि ११ तहको समायोजन गरेको मन्त्रालयले आजभोलि नै ९ र १० औँ तहका चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीको समायोजन सूची सार्वजनिक गर्ने तयारीमा छ। यता, मन्त्रालयले विशेष अवस्थामा रहेका वा कडा खालका रोगबाट पीडित कर्मचारीलाई उनीहरूकै अनुकूल ठाउँमा रहेर काम गर्न सक्ने गरी फाजिलमा रहेर काम गर्न सक्ने व्यवस्थासमेत गरेको छ। जसको लागि मन्त्रालयले मेडिकल बोर्डको सिफारिस ल्याउने मापदन्ड राखेको छ। जसले गर्दा यसअघि बोर्डको सिफारिस ल्याएका २७ जनाको समायोजन गरी सकेको छ। तर, हाल मन्त्रालयमा बोर्डको सिफारिसमा आउने कर्मचारीको संख्या ह्वातै बढ्दा मन्त्रालयसमेत चकित पर्न थालेको छ। केही दिनअगाडि मन्त्रालयमा थप १४१ जनाको सिफारिस आएको छ। कडा रोग र शारीरिक रूपमा गम्भीर अवस्था भएको भन्दै धमाधम बोर्डबाट सिफारिस आउन थालेपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरू चकित परेका हुन्। उनीहरूले यसरी थपिदै जाने बोर्डको सिफारिसले समायोजनमा थप ढिलाइ हुने अनुमान मन्त्रालयले गरेको छ।

प्रकाशित मिति: : 2019-07-09 16:01:00

प्रतिकृया दिनुहोस्