नेपाल-भारत संयन्त्र सक्रिय

नेपाल-भारत क्रसबोर्ड रेलसँगै सम्भाव्यता अध्ययनमा रहेको रक्सौल-काठमाडौं र निर्माणाधीन जनकपुर-बर्दिबास रेल परियोजनाको प्रगति र समस्या समाधान गर्न दुवै पक्ष थप सक्रिय हुने भएका छन्। द्विपक्षीय सञ्जाल विस्तार, सडक निर्माण, ऊर्जा, सुरक्षासहित विभिन्न सहकार्य तथा समस्याबारे बैठक सम्पन्न भएको छ। विशेषगरी डुबान समस्या समाधान गर्न पनि दुवै पक्ष चनाखो बन्ने भएका छन्।

चीन र भारत दुवैबाट रेलको प्रसंग आइरहँदा भारतसँगको सम्भाव्यता अध्ययन अघि बढिसकेको र चीनजस्तो भौगोलिक जटिलता पनि नभएकाले नेपाल र भारतका अधिकारी उत्साहित छन्। भारतीय सहयोग तथा लगानीमा नेपालमा सञ्चालित परियोजना कार्यान्वयनका समस्या र द्विपक्षीय सम्बन्धको समग्र पक्षमा परराष्ट्रसचिवस्तरमा सोमबार काठमाडौंमा छलफल भएको हो। सरोकारवाला निकायसहित बस्ने अन्तरदेशीय सचिवस्तरीय संयन्त्र बैठकले द्विपक्षीय संयुक्त आयोगको बैठकका लागि आधार तय गर्छ।

प्रकाशित मिति: : 2019-07-09 10:34:18

प्रतिकृया दिनुहोस्