राष्ट्र बैङ्क भन्छ : बिग मर्जरले कर्मचारीको जागिर जाँदैन, केही सिइओ र सञ्चालक समितिका सदस्यलाई भने समस्या

एलिजा उप्रेती

बिग मर्जरले बैङ्कका साना कर्मचारीहरुमा तरङ्ग फैलिएको छ । उनीहरु मर्जरपछि आफ्नो जागिरबाटै निक्लनु पर्ने हो कि भन्दै चिन्तित देखिएका छन् । बैङ्कको मर्जरपछि कर्मचारीको अवस्था के रहन्छ भनेर रातोपाटीले राष्ट्र बैङ्कसँग बुझ्न खोजेको छ ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बैङ्कको मर्जरबाट कर्मचारीहरु आत्तिन नपर्ने बताएका छन् । उनले  बैङ्कका कर्मचरीलाई जागिर जाने चिन्ता लिनु नपर्ने बताएका हुन् । उनले भने,  ‘कुनै पनि बैङ्कका कर्मचारी मर्जर पछि हट्नुपर्ने छैन । मर्जर हुनु भनेको कसैलाई हटाउनु होइन ।’

यद्यपि, दुई बैङ्क मर्ज हुँदा सिइओ भने एउटै रहने भएकाले कुनै एक सिइओ भने बाहिरिनु पर्नेछ । यस्तै सञ्चालक समिति पनि सात जनाको हुने भएकाले दुई बैङ्कको मिलाएर सातै जना बनाउनुपर्ने भएकाले केही सञ्चालकहरु पनि बाहिरिनु पर्नेछ ।

डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी यस्तो अवस्थामा सिइओ र सञ्चालकलाई कुलिङ पिरियड नलाग्ने बताउँछन् । उनी भन्छन्, ‘मर्जरले सिइओ र सञ्चालक समितिका केहीलाई बाहिर्याउने भएकाले उनीहरुलाई कुलिङ पिरियड लाग्ने छैन । किनकी उनीहरु आफै निक्लिएका होइनन्, निकालिएको हो ।’

प्रकाशित मिति: : 2019-07-08 14:45:30

प्रतिकृया दिनुहोस्