नेपाली पत्रकारिताले विश्वसनीयता गुमाएकै हो?

तस्बिरः बाह्रखरी

अमेरिकाका तेस्रा राष्ट्रपति थोमस जेफरसनले भनेका छन्  " मलाई पत्रपत्रिकाबिनाको सरकार र सरकारबिनाको पत्रपत्रिकामध्ये एक छान्‍न परेमा म निसंकोच सरकारबिनाको पत्रपत्रिका रोज्छु ।" उनको यस भनाइबाट प्रष्ट हुन्छ पत्रकारिताको महत्त्‍व । अहिले यसको महत्त्व र दुरुपयोग दुवै बढ्‍दो छ । फलस्वरूप, पत्रकारिता र पत्रकारले समाजमा विश्‍वास गुमाउँदै गएको भन्दै टिप्पणी हुन थालेको छ । पत्रकारितालाई मागी खाने भाँडो बनाउँदा यसको ओज घटेको भन्ने आरोप लाग्‍न थालेका छन् । पत्रकारिता पेसाप्रतिको विश्‍वास घट्दै गएको भन्दै प्रचार भइरहेको छ । 

पत्रकारितालाई समाजको ऐना भन्‍ने गरिन्छ ।  अहिले त्यो ऐना चर्किएको छ । कारण, हामी आफैँले त्यसमा ढुंगा बर्साउँदै छौँ । पत्रकारिताको साख कसरी जोगाउने भन्‍ने चुनौती नेपालमा मात्र होइन विश्वकै टाउको दुखाइको विषय बनिरहेको छ । न्यु नाइट फाउन्डेसन एन्ड ग्यालप पोलले 
(https://knightfoundation.org/reports/american-views-trust-media-and-democracy) 
सन् २०१८ मा सार्वजनिक गरेको तथ्यांकमा पत्रकारिताप्रति जनविश्वास गुम्दै गएको निष्कर्ष निकालिएको छ । उक्त सर्वेक्षणले अमेरिकी मेडियाले दिने समाचार सामग्री पूर्वाग्रही हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यस्तै सनसनी बनाउने नाममा गलत समाचार आउने गरेकोसमेत उक्त सर्वेक्षणको निष्कर्षमा उल्लेख छ ।

सूचना प्रविधिको विकाससँगै सबैभन्दा धेरै फस्टाएको व्यवसाय (पेसा) हो -  पत्रकारिता । यससँगै यो समय पत्रकारिताका लागि सम्भवत: धेरै 'बदनाम' भएको पेसा पनि हो । चाहे डोनाल्ड ट्रम्पले भन्‍ने 'फेक न्यूज' को प्रसंग होस् वा नेपालमै भएका विभिन्‍न घटनाक्रम । अहिले कसैलाई पत्रकार भनेर परिचय दिनुपर्‍यो भने नाक खुम्च्याउनु पर्ने स्थति छ । प्राय : अहिले आफूले काम गर्ने सञ्‍चार माध्यमको नाम भनेर नसक्‍दै प्रतिप्रश्‍न आउँछ- कुन पार्टीको, को नेताको, कुन व्यापारीको, कुन एनजीओ/आईएनजीको अथवा केका लागि खोलेको हो आदि ।  

प्रकाशित मिति: : 2019-07-07 08:18:12

प्रतिकृया दिनुहोस्