बीमाको २५ लाखका लागि ४ वर्षे छोरीको हत्या

मौलापुर नगरपालिका, रौतहटका रामकिशोरका ५ सन्तान मध्येकी कान्छी छोरी हुन् लक्ष्मी। ४ वर्षे बालिका उनी सधैँजस्तै २०७६ असार १६ गते राति खाना खाइन् र सुत्न आमा लीलादेवीको ओछ्यानतर्फ गइन्। दिनभरि कामले थाकेकी आमा तथा छोरी भुसुक्क निदाए।

करिब साढे ११ बजेको हुँदो हो आमा ब्युँझिइन्। तर छेउमा सुतेकी छोरी त्यहाँ थिइनन्। उनी आत्तिइन्। निदाएका परिवारका अन्य सदस्यहरु सबै ब्युँझिए। घरमा उनी फेला परिनन्। बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय मौलापुरमा खबर पुग्यो। केही बेरमा प्रहरी घटनास्थल आइपुग्यो।

प्रहरीका जिल्ला र प्रदेश प्रहरीका इकाइ बालिकाको खोजीमा जुटे। हुलियाका आधारमा भारतीय सीमामा समेत चेकजाँच तीब्र बनाए।

बिहान करिब साढे ५ बजे स्थानीय केटाकेटीहरु शौच गर्न निस्किएका थिए। उनीहरुले स्थानीय फगुनी राय यादवको माछा पोखरीमा एउटा बच्चाको लाश पानीमा तैरिरहेको देखे। शव देख्नेहरु तर्सिए।

नीहरुले पनि प्रहरीलाई खबर गरे। बालिका खोजी गरिरहेको प्रहरी र परिवारका सदस्य गएर हेर्दा शव लक्ष्मीकै भएको खुल्यो।

प्रकाशित मिति: : 2019-07-05 16:19:35

प्रतिकृया दिनुहोस्